२०८० आश्विन १२, शुक्रबार
कावासोती । कृयाशिल पत्रकार महिला ( डब्लु डब्लु जे ) नवलपुरले महिला पत्रकारको लागि बिपद कल्याणकारी कोष स्थापना गरेको छ ।
कोभिड – १९ को महामारीकाबीचमा पनि निरन्तर अग्रपङतीमा रहेर काम गरिरहेका महिला पत्रकारका लागि स्वास्थ्य सामाग्री प्रदान गर्ने , अप्ठ्यारोमा परेका महिला पत्रकारलाई सहयोग गर्ने तथा अन्य समयमा समेत यस किसिमका विपद आएको खण्डमा त्यस बखत समेत विभिन्न खाले सहयोग गर्न सकियोस् भन्ने उदेश्ले कोष स्थापना गरिएको संस्थाकी अध्यक्ष ज्ञानु पंगेनीले बताउनुभयो ।
तत्कालका लागि ४० हजार रुपिँयाको कोष स्थापना गरिएको छ । संस्थाका सुभेच्छुक तथा विभिन्न सहयोगी दाताहरुले कोषमा सहयोग गर्नुभएको छ । प्रगतिनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाद्धारा ५३००, देवचुली नगरपालिका निवासी शिव अर्यालद्धारा ५००० , देवचुलीकै सुर्य भट्टराईद्धारा ३१०० .डा. संजोग कुमार क्षेत्री चितवनबाट २००० . मिलन घिमिरे कतारबाट १५०० , आनन्द घिमिरे कतारबाट १५००, केशव पाण्डे देवचुली नगरपालिकाबाट १००० सहयोग गर्नुभएको संस्थाकी सदस्य एलिना केसीले जानकारी दिनुभयो । यस्तै अस्ट्रेलिया निवासी विजय पंगेनीबाट १० हजार , अमेरिका निवासी सरु शर्माबाट ४ हजार र राजु घिमिरेबाछ ५ हजार रुपिँया सहयोग गर्नुभएको छ ।
यस्तै संस्थगाका लागि विभिन्न संघसंस्था र व्यक्तीत्वबाट स्वास्थ्य सामाग्री समेत सहयोग भएको छ । गुरुप्रसाद गौतम स्मृति प्रतिष्ठान देवचुली नगरपालिका केउरेनी कृष्ण गौतम मार्फत् – ५ लिटर सेनिटाइजर र ६ प्याकेट मास्क सहयोग गर्नुभएको छ । यस्तै कावासोती ८ स्थीत नवलपुर अस्पतालबाट विष्णु कंडेल मार्फत् १० प्याकेट मास्क सहयोग गर्नुभएको संस्थाकी सचिव राधिका भुषालले जानकारी दिनुभयो । संस्थाको यस अभियानमा हामिलाई विभिन्न व्यक्तीत्वहरुबाट सहयोग आउनेक्रम जारी रहेको छ । सहयोग गर्ने सम्पूर्णमा अध्यक्ष पंगेनीले धन्यावाद व्यक्त गर्नुभएको छ ।
महिला पत्रकारको लागि स्थापना गरिएको कल्याणकारी कोषमा सहयोग गरिदिनका लागि सामाजिक व्यक्तीत्व तथा विभिन्न संघसंस्थासंग अपिल समेत गर्दछौ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |