२०८० आश्विन १४, आईतबार
नवलपुर । कोभिड १९ को दोश्रो लहर चलिरहदा जिल्लामा कोरोना संक्रमितको ग्राफ समेत उकालो लाग्दै गएको छ । जिल्लामा पिसिआर जाँच बढाउदै जादा संक्रमितको संख्या समेत बढदै गएको छ ।
संक्रमित मध्य अहिले झण्डै सबै जसो होम आइसोलेशनमा बस्दै आएका छन् । पहिचान भएका संक्रमितहरुलाई स्थानीय तहहरुले समेत घरमै बस्न भनेका छन् । तर घरमा बसिरहदा कुनै असजिलो भएमा भने जिल्लामा जिल्ला अस्पताल सहित यहाँका स्थानीयतहहरुमा निर्माण गरिएका आइसोलेशनमा जान सकिने जिल्ला स्वास्थ्य कार्यालय नवलपुरमा प्रमुख केशव प्रसाद चापागाईले बताउनुभयो ।
नवलपुरमा अहिले पनि करिब ३५ देखी ४० जना अस्पतालमा रहेका छन् । सक्रिय संक्रमितको संख्या एक हजार भन्दा धेरै रहदा अस्पतालमा रहने विरामीको संख्या ४० को हाराहारीमा रहेको छ ।
कोभिड संक्रमितको उपचारकालागि जिल्लामा अहिले १ सय ३७ वटा आइसोलेशन बेड तयारी अवस्थामा रहेको छन् । अहिलेको अवस्थामा केही समस्या देखिए विरामीहरुलाई उपचारमा समस्या नहुने तर जटिल प्रकारका विरामी बढदै गएर अस्पताल भर्ना गर्नुपर्ने विरामीको संख्या दुई ,तीन सय पुगे केही समस्या हुने र बेड संख्या थप गर्नुपर्ने हुन सक्ने प्रमुख चापागाईले बताउनुभयो । जिल्लाका सबै स्थानीय तहले आइसोलेशन बनाएका छन् । कावासोती नगरपालिकाले भने जिल्ला अस्पताल नगरपालिका भिनै रहेकाले जिल्ला अस्पतालमा सहयोग गर्दै आएको छ ।
-आइसोलेशन बेडको डाटा श्रोत जिल्ला स्वास्थ्य कार्यालय नवलपुर
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |