२०८० आश्विन १२, शुक्रबार
कावासोती । जिल्लामा कोभिड १९ संक्रमितको उपचारकालागि अक्सिजनको अभाव नहोस भनेर विपद व्यवस्थापन सहयोगि समिति निरन्तर लागि रहेको छ । अक्सिजनको खाली सिलिन्डर अभाव भएपछी समितिका व्यक्तीहरु निरन्तर रुपमा चर्को घाम र कोरोनाको जोखिम नभनी खटिदै आएका छन् ।
समितिका अध्यक्ष शिव गिरी ,सचिव आनन्द श्रेष्ठ, कोषाध्यक्ष नारायण प्रसाद न्यौपाने, अमृतमाया भुषाल, चन्द्र रानाभाट ,मदन गिरी,भोजराज दाहाल,प्रविन तिवारी सहितको टोलीले आइतबार पनि कावासोतीका बिभिन्न स्थानबाट खाली सिलिन्डर संकलन गरेको छ । खाली सिलिन्डर रेडक्रस कावासोतीमा जम्मा गरिएको अध्यक्ष शिव गिरीले बताउनुभयो । केही भरि रहेको र खाली रहेका सिलिन्डर सबै भर्नकालागि पठाउने तयारी गरिएको उहाँले बताउनुभयो । सबै सिलिन्डर भनेर जिल्ला अस्पताललाई उपलब्ध गराईने अध्यक्ष गिरीले बताउनुभयो ।
अक्सिजन र रगतको जिल्लामा अभाव नहोस भनेर आफुहरु निरन्तर लागि परेको समितिका सदस्य बाबुराम कंडेलले बताउनुभयो । समितिले नवलपुरमा अक्सिजनको अभाव हनु नदिने गरि प्रशासनसंग समन्वय गरि काम गरिरहेको उहाँले बताउनुभयो ।
यसै बिच आइतबार सुर्य दवाडी देवचुलीबाट ४० हजार, नवलपुर मदिरा तथा प्रोभिजनल सप्लायर्सबाट १० हजार एकसय, क्रियसन चर्चबाट १५ हजार २० , विन्दु लम्सालबाट ५ हजार ५ , नवलपुर एकेडमी डण्डबाट ११ हजार ११५ सहयोग प्राप्त भएको समितिका कोषाध्यक्ष नारायण प्रसाद न्यौपानेले बताउनुभयो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |