२०८० आश्विन १२, शुक्रबार
कावासोती । विपद व्यवस्थापन सहयोगी समिति नवलपुरले जिल्लाका बिभिन्न स्थानबाट ३२ वटा अक्सिजन सिलिन्डर संकलन गरेको छ । शुक्रबार सम्म यो संख्यामा अक्सिजन सिलिन्डर संकलन गरिएको समितिका सचिव आनन्द श्रेष्ठले बताउनुभयो ।
कोभिड १९ को महामारीको समयमा संक्रमितहरुलाई अक्सिजन सहित उपचार गर्नुपर्ने अवस्थामा सिलिन्डरको अभाव नहोस भनेर अहिले समितिले जिल्लाका बिभिन्न स्थानबाट सिलिन्डर संकलन गरिरहेको सचिव श्रेष्ठले बताउनुभयो ।
कावासोती, चोरमारा , दुम्किवास लगाएतका क्षेत्रबाट अक्सिजन सिलिन्डरहरु संकलन गरिएको हो । शुक्रबार समितिका अध्यक्ष शिव गिरी सहित , सचिव आनन्द श्रेष्ठ, कोषाध्यक्ष नारायण न्यौपाने, भिमलाल अधिकारी , वेद प्रसाद न्यौपाने, बावुराम कडेंल, लक्ष्मिकान्त रिमाल सहितको टोलीले विभिन्न स्थानबाट अक्सिजन सिलिन्डर संकलन गरेको हो । साथै अभियानमा सहयोग पुर्याउने सहयोगीहरुबाट सहयोग रकम, समेत प्राप्त भईरहेको सचिव श्रेष्ठले बताउनुभयो ।
शुक्रबार भिमलाल अधिकारीबाट १० हजार, दाउन्नेदेवी आयल सप्लायर्सबाट ५ हजार ५५५, श्री आयल सप्लायर्स अरुणखोलाबाट ५ हजार , भागरा इन्टरप्राइजेज चोरमाराबाट ५ हजार , प्याब्सन नवलपुरबाट ५० हजार प्राप्त भएको कोषाध्यक्ष नारायण न्यौपानेले बताउनुभयो । सहयोग रकम संकलनको क्रम जारी रहेको कोषाध्यक्ष न्यौपानेले बताउनुभयो ।
संकलित सहयोग रकम अक्सिजन व्यवस्थापनमा खर्च गरिने उहाँले बताउनुभयो । यो अभियानमा अन्य सहयोगी दाताहरुलाई सहयोग गर्न समेत उहाँले आग्रह गर्नु भएको छ ।
समिती मार्फत अक्सिजनको व्यवस्थापनका लागि निरन्तर काम भइरहेको समितिका अध्यक्ष शिव गिरीले बताउनुभयो । संकलित अक्सिजन सिलिन्डरहरु आवश्यकता अनुसार जिल्लाका अस्पतालहरुमा वितरण गरिने अध्यक्ष गिरीले बताउनुभयो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |