२०८१ श्रावण १२, शनिबार
कावासोती । शनिबार साँझ परेको असिना पानीले पूर्वी नवलपरासीमा तरकारी खेतिमा ठूलो क्षती पु¥याएको छ ।
मध्यविन्दु नगरपालिकाको वडा नं. १,२ र ३ मा असिना पानीले ठूलो क्षती पु¥याएको छ ।
एक नं.को पतवारी क्षेत्रमा बढि क्षती पुगेको छ । पतवारीका किसान अनन्तराम भुषालको ११ कठ्ठा क्षेत्रफलमा लगाएको खेतिमा क्षती पु¥याएको छ । भुषालले पाँच कठठ क्षेत्रफलमा टमाटर , ३ कठ्ठामा करेला , घिरौँला र ३ कठ्ठामा मकै लगाउनुभएको थियो । असिनाले बोटबाट टमाटर सबै भुँईमा खसालेको छ भने , अलिअलि बोटमा भएको टमाटर समेत कुहिने भएकाले सबै नोक्सान हुने भन्दै भुषालले गुनासो गर्नुभयो । करीब ३ लाख बराबरको नोक्सान पुगेको उहाँले बताउनुभयो । यस्तै पतवारीकै किसान शान्ती गुरौको पनि १० कठ्ठा क्षेत्रफलमा लगाएको टमाटर खेतिमा पुरै क्षति पुगेको गुनासो गर्नुभयो । करीब पाँच लाख बराबरको नोक्सान पुगेको उहाँले बताउनुभयो । अर्का किसान मुनेश्वर महतोको पनि ५ कठ्ठा क्षेत्रफलमा लगाएको टमाटर खेतिमा नोक्सान पुगेको छ । करीब २ लाख रुपिँया बराबरको नोक्सान पुगेको उहाँले गुनासो गर्नुभयो । अर्की किसान अम्बिका सिग्देलको ८ कठ्ठा क्षेत्रफलमा लगाएको टमाटर खेतिमा क्षति पु¥याएको बताउनुभयो । अहिले टमाटरको भाउ समेत नपाएर मारमा परेको समयमा एक्कासी परेको असिना पानीले किसानलाई थप मर्कामा पारेको उहाँले बताउनुभयो । करीब ३ लाख बराबरको क्षति पुगेको उहाँको भनाई छ । शनिबार साँझ करीब २० मिनेट ठूलो असिना पानी परेर खेति सबै सखाप पारेको किसानको भनाई छ । असिनाले बोट र पात सबै चुटेर फल सबै भुँईमा झारेको छ ।
यहाँका किसानहरुले खेतिको वीमा गरेका छैनन् । व्यवसायिक रुपमै तरकारी खेति गर्दै आए पनि वीमा प्रति किसानले त्यति चासो नदिदा भैपरि आउने प्राकृतिक विपत्तीबाट किसानहरु सधैँ मारमा पर्दै आएका छन् । गत वर्ष पनि उत्पादन बिक्री गर्ने वेला कोभिड – १९ संक्रमणले गर्दा नोक्सान भोगेका किसानले अहिले पनि कोभिडका कारण उत्पादनको उचित मूल्य पाएका छैनन् । त्यसमाथी बिक्री गर्ने समयमा असिनाले सबै सखाप पारेपछि किसान निरास बनेका छन् ।
मध्यविन्दुका ३ वडा वडामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना पूर्वी नवलपरासीद्धारा ‘तरकारी जोन ’ कार्यक्रम सञ्चालन गरिएको छ । क्षति पुगेका किसान सबै परियोजनामा आबद्ध छन् । परियोजना मार्फत् नै किसानले तरकारीके बीउ , कृषि यन्त्र , सिंचाईं बोरिङ्ग लगायतका सामाग्री अनुदानमा पाएका थिए । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना,परियोजना कार्यान्वयन इकाई पूर्वी नवलपरासीका प्रमुख तथा वरिष्ठ कृषि विकास अधिकृत विष्णु प्रसाद शर्मा , कार्यालयका सुचना अधिकारी रवि किरण अधिकारीले आईतबार किसानको खेतमै पुगेर क्षतिको निरिक्षण गर्नुभएको थियो ।
परियोजना कार्यान्वयन इकाई पूर्वी नवलपरासीका प्रमुख शर्माका अनुसार यी ३ वटा वडामा २ सय जना किसान जोनमा आबद्ध छन् । सबै किसानको खेतिमा असिनाले क्षति पु¥याएको छ । ३ वटा वडामा १० वटा समूह बनाएर किसानहरुले व्यवासायिक रुपमा तरकारी खेति गर्दै आएका छन् । एउटा समूहमा १५ देखि ३० जना आबद्ध छन् । करीब २५ विघा क्षेत्रफलमा लगाएको टमाटर खेतिमा ठूलो क्षति पुगेको छ । भने, अन्य तरकारी खेतिमा समेत क्षति पुगेको शर्माले बताउनुभयो । यकिन तथ्याङ्क संकलन गर्ने कार्य भईरहेको र सोमबारसम्मा पुरै विवरण आउने उहाँले बताउनुभयो । किसानको करोडौँको नोक्सान पुगेको उहाँको भनाई छ । परियोजनाको कार्यक्रममा यसरी नोक्सान पुगेको क्षतिपूर्ती उपलब्ध गराउने व्यवस्था नभएको शर्माले बताउनुभयो । तर , केन्द्रमा क्षतिको तथ्याङ्क पठाउन भनिएको र क्षतीपुर्तीका विषयमा छलफल गरेर पछि जानकारी गराउने भनिएको शर्माले बताउनुभयो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |