२०८० आश्विन १४, आईतबार
डेढगाउँ । नवलपुरको बौदीकाली गाउँपालिकाले चालु आर्थिक वर्ष सम्पन्न गर्नुपर्ने ९० प्रतिशत योजना सम्पन्न गरेको छ । गतवर्ष कोभिडको मारले कतिपय योजना यहाँका स्थानीय तहले सम्पन्न गर्न सकेका थिएनन् । चालु आर्थिक वर्षमा कोभिडको अवस्थालाई मध्यनजर गरि समयमै काम सम्पन्न गर्ने योजना बनाएका थिए । जस अनुसार बौदीकाली गाउँपालिकाले समेत चालु आर्थिक वर्षमा सम्झौता भएका १ सय १० वटा योजना मध्य ९० प्रतिशत योजना सम्पन्न गरिसकेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रदिपचन्द्र सुवेदीले बताउनुभयो ।
चालु आर्थिक वर्षका योजना मध्य ६ वटा योजनाको काम बाहेक अन्य सबै योजना सम्पन्न गरि भुक्तानी समेत वैशाख महिना भित्र हुने प्रमुख प्रशासकिय अधिकृत सुवेदीले बताउनुभयो । योजनाहरुलाई आर्थिक वर्षको अन्त्य तिर पुरयाउदा बिभिन्न कारण सम्पन्न गर्न नसकिने, बर्षाको समयमा काम गर्न समेत असहजता हुने भएपछी चाडै सम्पन्न गर्ने गरि कार्य गरिएको उहाँले बताउनुभयो ।
चालु आर्थिक वर्षमा गाउँपालिकाका वडा वडामा गएर योजना सम्झौताका लागि सहजिकरण गरेकाले समयमै काम सम्पन्न भएको समेत उहाँले बताउनु भएको छ । गाउँपालिका भित्रका ६ वटै वडामा पुगी योजना सम्झौता, समिति गठन र अभिमुखिकरणका काम समयमै गरेकाले अहिले चाडै योजनाहरु सम्पन्न भएको प्रमुख प्रशासकिय अधिकृत सुवेदीले बताउनुभयो ।
अहिले कोभिडको अवस्थालाई मध्यनजर गरि योजना सम्पन्न भए पश्चात भुक्तानीकालागि समेत सहज रुपमा सहजिकरण गरिएको उहाँले बताउनुभयो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |