२०८० आश्विन १२, शुक्रबार
प्रिय धन । कावासाेती ।पूर्वी नवलपरासीको कावासोतीमा रहेको यातायात कार्यालयका आंशिक कार्य आज देखि बन्द भएको छ । जिल्लामा कोभिड १९ को संक्रमण फैलदै गएको र भिडभाडका कारण थप जोखिम बढ्न सक्ने भन्दै आंशिक सेवा बन्द गरिएको यातायात व्यवस्था कार्यालय नवलपरासी बर्दघाट सुस्ता पूर्वका प्रमुख ज्ञान प्रसाद भुसालले जानकारी दिनुभयो । उहाँका अनुसार लाइसेन्स को फारम भर्ने , बायोमेट्री अर्थात फोटो खिच्ने काम , लिखित परीक्षा र ट्रायलको काम हाललाई बन्द गरिएको छ । तर सवारी तर्फका सेवा भने बन्द नहुने भुसालले जानकारी दिनुभयो । ब्लु बुक नविकरण , सवारीको कर बुझ्ने काम , जांच पास , रुट पर्मिट लगायतका काम भने नियमित हुने भुसालले बताउनुभयो । अर्को सुचना जारि नभएसम्मका लागि लाइसेन्सको काम बन्द हुने उहाँले बताउनुभयो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |