• समाचार
  • मुख्य समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • आर्थिक तथा सामाजिक
  • वालवालिका
  • सामाजिक संजालबाट
  • कृषि तथा उद्योग
  • खेलकुद तथा मनोरञ्जन
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • मध्ये नेपाल
  • धर्म तथा संस्कृति
  • पर्यटन
  • प्रदेश
  • नवलपुर बिशेष
  • बिचार तथा विश्लेषण
  • बिज्ञान तथा प्रविधि
  • भिडियो ग्यालरी
  • कला तथा साहित्य
  • राजनैतिक
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • नवलपुर अनलाईन टि.भी.
२०८० आश्विन ५, शुक्रबार
ट्रेडिङ
निर्वाचन विशेषफेरीदै पहाडसाहित्यविनयी त्रिवेणीनवलपरासीनवलपुरपालिका विशेषनिर्वाचन विषेश
  • गृह पृष्ठ
  • नवलपुर बिशेष
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर प्रश्चिम
  • अन्तरवार्ता
  • पर्यटन
  • राजनैतिक
  • मध्ये नेपाल
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

प्रदेश अधिवेशनको प्रतिनिधि छनौटका लागि एमाले नवलपुरले सार्वजनिक गर्यो कार्यतालिका

११ घण्टा अघि
२

पार्टीका नाममा चलाइएका नक्कली सामाजिक सञ्जाललाई एमालेले कारबाही गर्ने

१४ घण्टा अघि
३

कोशी, मधेस र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना

१४ घण्टा अघि
४

कावासाेती -१, द्वारा नाैमती बाजा हस्तान्तरण

१ दिन अघि
५

आहा मनै लोभ्याउने फुङफुङ्गे झरना

१ दिन अघि
६

असुरक्षित गर्भपतनले मातृ मृत्यु कम गर्न चुनौती

१ दिन अघि
७

भदौमा दुई दर्जन सहकारी सहित साढे तीन हजार ऋणी कालोसूचीमा

१ दिन अघि
८

संविधान जारी भएको आठ वर्ष पूरा

२ दिन अघि
९

नवलपुरमा आलु खेती प्रर्वद्धनका लागि रु. ४ करोड बजेट

३ दिन अघि
१०

नारायणी नदिमा पाैडीखेल्ने क्रममा डुबेर गैँडाकाेटका एकै घरका दुई बालककाे मृत्यु

४ दिन अघि
११

चितवनमा २ हजार किलो भारतीय अवैध माछा नष्ट

४ दिन अघि
१२

मध्यविन्दु जिल्ला अस्पतालमा आकास्मिक बाहेकका सेवा बन्द

५ दिन अघि

धेरै पढिएका

१

भोली देखि सरर केबलकारमा मौलाकाली मन्दिर, यस्तो छ टिकट मूल्य

५ महिना अघि
२

नवलपुर दुर्घटना अपडेट :मृतकको पहिचान खुल्यो, घाइतेहरूको विवरण सहित

२ साल अघि
३

असार १ देखि भदौ मसान्तसम्म कुनै पनि सडक खन्न नपाइने

३ महिना अघि
४

नारायणी पुलबाट गाडी खस्यो

६ महिना अघि
५

नवलपरासीमा पत्नी द्धारा पतिको हत्या

३ महिना अघि
६

अक्सफोर्ड कलेजका चालकले गाँजा खाएर बस चलाउँदा टिकौली दुर्घटना

१ महिना अघि
७

कावासोतीका अभिषेकको उपचारमा सहयोग गरिदिन परिवारको आग्रह

१ साल अघि
८

गायिका मोलिसाले कसिन लगनगाँठो

१ महिना अघि
९

नवलपुरमा यात्रुबस पल्टिँदा २९ जना घाइते (घाइतेको बिवरण सहित)

१ महिना अघि
१०

नारायणगढ –बुटवल सडक विस्तार : म्याद थपिएपछि को काम दशैँ लगतै

१ साल अघि
११

नवलपुरमा पालिका र वडामा अहिलेसम्म को – को भए विजयी परिणाम हेर्नुहोस् ।

१ साल अघि
१२

कारबाही हुने भयपछी नवलपुरका ४५ जना अन्यत्र काम गर्ने शिक्षकले लिय बिभागिय स्वीकृत

१ महिना अघि

सभामुख निरंकुश भए अध्यादेशमार्फत बजेट ल्याउनुपर्ने हुन्छ

नवलपुर प्रेस ७३७ पटक पढिएको प्रकाशित मिति: २०७८ बैशाख १९, आईतबार (२ साल अघि)

वैशाख १५ गते मुख्यमन्त्रीमाथि परेको अविश्वास प्रस्तावमाथि मतदान हुने भनिएको दिन कुनै दलका सांसद हराएको भन्दै सभामुख नेत्रनाथ अधिकारीले अनिश्चितकालका लागि विशेष अधिवेशनको बैठक स्थगित गर्नुभयो ।

प्रदेशसभा सञ्चालनको नियमावली हुन्छ । त्यही नियमावलीमा टेकेर प्रदेशसभाको बैठक सञ्चालन हुन्छ, कार्यसूची तयार हुन्छ । सबै राजनीतिक दलको प्रतिनिधित्व हुने गरी कार्य व्यवस्था परामर्श समिति बनाइएको छ । प्रदेशसभा बैठक शुरु हुनुअघि त्यही समितिमा सभामुखसमेत बसेर कार्यसूची बनाउने हो । बैठक कसरी सञ्चालन गर्ने, बीचमा समय राख्ने कि स्थगित गर्ने कि भन्नेजस्ता यावत विषयमा समितिमार्फत निर्धारण हुने हो । प्रदेशसभा नियमावलीअनुसार समितिमा सहमतिबिना कुनै पनि संसद बैठकको कुनै कार्यसूची अगाडि बढाउने संसदीय अभ्यास हुँदैन । यसअघि पनि विशेष अधिवेशन भइसकेका कारणले त्यसको अभ्यास र नजिर पनि हेर्नुपर्छ ।

यसपटक अविश्वासको प्रतावमाथि बोलाइएको विशेष अधिवेशन हो । अविश्वासको प्रस्तावमाथि मतदान गरी टुंग्याउने सहमति अनुसारै कार्यसूची बनेको हो । बीचमा कोरोना महामारी निषेधाज्ञा पनि जारी भएकाले कोभिडको परीक्षण गरेर मात्रै विशेष अधिवेशन अगाडि बढाउनुपर्छ भनेर सरकारको तर्फबाट र दलको तर्फबाट पनि भनिएको हो । १३ गते बैठक शुरु गर्दा एजेण्डामा प्रवेश गरेर स्वाब परीक्षण गरेर बैठक चल्ने होला भन्ने हामीलाई लागेको थियो । तर, त्यसको बारेमा कुनै पनि कुरा नआएको हुँदा शुरुमा नै ध्यानाकर्षण गरायौं । भोलिपल्ट त होला भन्ने ठान्यौं तर परीक्षण बिनै लैजान लागिएपछि संसदीय परम्पराअनुसारै उठेर विरोध गरौं र बैठक स्थगित भएर स्वाब परीक्षण गरेपछि अगाडि बढाउने सहमति भएको हो । १५ गते नै टुंग्याउने भनिएको थियो, स्वाब परीक्षण गर्दा एक दिन ढिला भएकाले बरु १६ गते छलफल सकेर मतदान गर्ने हाम्रो कुरा थियो ।

सभामुखसँग प्रमुख सचेतकले कुरा पनि राख्नुभयो । अचानक १५ गते नै मतदान गर्ने कार्यसूची बाँडिसकिएको थियो । विश्वभरिकै संसदीय अभ्यास भएका देशमा कार्यसूची तयार भएर बैठक चलिसकेपछि त्यो पूरा गर्नुपर्ने परम्परा छ । विशेष अवस्थामा विशेष परिस्थिति निर्माण भइहालेछ भने पनि सहमतिको आधारमा जानुपर्छ तर सभामुखको एकल अधिकारमा पर्दैन ।

१५ गते छलफल शुरु भइसकेपछि अचानक २० मिनेट बैठक स्थगित गरिएको थियो । त्यही २० मिनेटमा सांसद हराएको निवेदन दिन लगाउने र सुनियोजित ढंगले नै सूचना टाँसेर अनिश्चितकालका लागि बैठक स्थगित गरियो । २० मिनेट भनिएको आधा घन्टा, १ घन्टा लम्ब्याउने विशेषाधिकार सभामुखलाई हुन्छ । तर, कार्यव्यवस्था परामर्श समितिको बैठकबिनै सूचना टाँस गरेर सभामुख हिंड्नुभएछ । जुन काम सभामुखले गर्नुभयो, यो संविधानमा पनि लेखिएको हुँदैन । यसरी संसदलाई लिकभन्दा बाहिर लैजाने काम सभामुखले गर्नुभयो ।

संसदीय अभ्यासअनुसार, प्रदेशसभा नियमावलीअनुसार र अहिलेसम्मको पराम्पराभन्दा बाहिर गएर सभामुखले गैरजिम्मेवार भएर मतदानको अवस्थामा गइसकेपछि अविश्वासको प्रस्ताव फेल हुने भयो भनेर अनिश्चितकालका लागि बैठक स्थगित गर्नुभयो । नियतवस विशेष अधिवशनलाई हत्या गर्ने काम गर्नुभयो । फेरि विशेष अधिवेशन त्यही अवस्थामा डाक्न टेक्ने कुनै नीति नियमै छैन । भोलि बैठक डाकेर फेरि मतदान गर्दा अविश्वासको प्रस्ताव फेल हुने भयो भने फेरि स्थगित भयो भनेर हिंड्न सक्नुहुन्छ । आफ्नो पक्षले जित्नैपर्ने यसले नजिर स्थापित गर्छ ।

अधिवेशन टुंगिएको घोषणा पनि भएको छैन र अब अविश्वासको प्रस्ताव ब्युँताएर अगाडि ल्याउने अवस्था पनि छैन । अहिले अविश्वासको प्रस्ताव मरिसक्यो र काजकिरिया मात्र हुन नपाएको अवस्था हो । यसले प्रदेशसभालाई अस्थिरतामा लग्यो । भोलि बजेट अधिवेशन बोलाउनु पर्ने छ । त्यसअघि विशेष अधिवेशन ब्युँताउन कुन आधारले सहमति गर्ने र कुन कानूनअनुसार गर्ने ? सभामुखले बिना सहमति बैठक डाकेर कसैलाई हराएर, कसैलाई जिताउन कसरी सक्नुहुन्छ ? अविश्वासको प्रस्ताव ल्याउनेले म फिर्ता गर्छु भन्नलाई प्रदेशसभा बैठक बस्ने स्थिति पनि छैन । जसले अब प्रदेशसभालाई अस्थिरता र जटिलतामा धकेल्यो ।

त्यसपछि समस्या समाधानका लागि राजनीतिक सहमतिमा संसद भंग गरेर कि फेरि ब्युँताउनुपर्‍यो । तर, पहिले जसरी संविधानसभा भंग गरेर फेरि ब्युँताउन सकिएन, त्यस्तो अवस्था पनि आउन सक्छ । विशेष अधिवेशन ब्युँताउन पनि नसकिने र अन्त्य गर्न पनि नसकिने अवस्था भएपछि बजेट अधिवेशन डाक्न पनि सकिंदैन ।

यस्तो बेलामा सरकारले बाध्य भएर अध्यादेशमार्फत बजेट ल्याउनुपर्ने अवस्था आउँछ । अध्यादेशमार्फत ल्याएको बजेट फेरि ३ महिनापछि संसदले अनुमोदन गर्नुपर्ने हुन्छ । यस्तो अन्योल अवस्थामा त्यो पनि सम्भव हुँदैन । त्यसपछि संसद नै डेढलक भयो भने संसद भंग गरेर निर्वाचनमा जानुपर्ने हुन्छ । गण्डकी प्रदेशको मात्रै पनि निर्वाचनमा जान सक्ने १५ गतेको सभामुखको कदमले संकेत गरेको छ ।

संसदीय प्रणालीमा अविश्वासको प्रस्ताव फेल हुन पनि सक्छ नि । कसैलाई अनिच्छा लाग्छ भने अनुपस्थित हुन पाउँछ । कसैले खुला रुपमा राजनीतिक ढंगले निर्णय गर्छ र कसैले अर्को बाटो रोज्छ । शतप्रतिशत सांसद उपस्थित हुनुपर्छ भनेर लेखिएको पनि छैन । कोही हार्ने भयो भनेर संसद स्थगित गर्ने होइन, स्थगित गर्ने प्रक्रिया नै अर्कै छ । भोलि कोही अनुपस्थित होला र अर्काले हरायो भनेर दिएको निवेदनलाई सदर गर्ने हो भने त संसद कसरी चल्न सक्छ ? हामी प्रत्येक दिन सांसद हराएको निवेदन दिन्छौं । सभामुख भन्नै नसुहाउने व्यक्तिलाई सभामुख बनाइएको रहेछ ।

कुनै दल विशेषको सभामुख नहोस् भनेर पार्टीबाट राजीनामा दिनुपर्ने व्यवस्था गरिएको हो । अब सभामुखले संसद चलाउनै सक्नुहुन्न । बरु दलको सहमतिमै १६ गते, १७ गतेसम्मका लागि सरौं भन्न सकिन्थ्यो । कुनै पार्टीले हार्ने देखेर बैठक स्थगित गरेपछि स्वभाविक हिसाबले अविश्वासको प्रस्ताव पास भएन भन्ने देखियो ।

अब कि दलीय सहमतिमै जाऔं, दुई वर्ष प्रस्ताव ल्याउँदैनौं भन्नुपर्‍यो । नत्र पारित हुने अवस्थामा अधिवेशन बोलाउँछु भनेर हामी मान्दैनौं । अब सबको हैसियत हेरौं । एमाले, माओवादी, कांग्रेस सबको हैसियत हेरौं । पक्षपाती सभामुखले बाइपास गरेर निरंकुश ढंगले बैठक डाक्छन् भने सरकार सञ्चालन गरिरहेको दल पनि चुप लागेर बस्छ होला र ? सभामुख निरंकुश हुन मिल्छ ? अहिलेसम्म सरकारले त केही विधिको शासन मान्नुपर्छ भनेर संसदलाई कुनै हस्तक्षेप गरेकै छैन । सभामुखको अब टेक्ने कुनै कानून छ र ? सरकारलाई सेटिङ भनिरहेका छन्, सेटिङ त विपक्षी दलले गरेका रहेछन् नि सभामुखमार्फत विशेष अधिवेशनको बैठक अनिश्चितकालका लागि अन्त्य गराएर । त्यसैले अब प्रदेशसभा जटिल मोडमा छ ।

मनाङे र खिमविक्रमको विषय

जनमोर्चाका सांसद खिमविक्रम शाही र दीपक मनाङे अनुपस्थित रहेपछि सत्तारुढ दलसँग जोडेर अनेक टिकाटिप्पणी भयो । सेटिङमा यस्तो गरिएको हो भनिराखिएको छ । कसरी सेटिङ मिलाएर मन्त्री भए भन्ने कुरा त उनै दीपक मनाङेले भन्लान् । दीपक मनाङे स्वतन्त्र रुपमा उठे पनि एमालेको भोट र समर्थनमा जितेका हुन् । जितेसकेपछि फौजदारी मुद्दाले गर्दा सपथ लिन पाएनन् । पछि सर्वोच्च अदालतको फैसलाले दिएको सुविधा प्रयोग गरेर कानूनअनुसार सपथ खाएका हुन् । सांसद हुने जो कोही पनि मन्त्री हुन पाउने अधिकार कानूनले नै दिएको छ ।

अहिले माओवादीले कांग्रेससँग मिलेर प्रष्ट रुपमा मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्तावमा जान मिल्छ भने दीपक मनाङे पनि मन्त्री बन्न किन नपाउने ? संसदीय प्रणालीमा सरकार निर्माण र विनिर्माणमा यसलाई जायज नै मानिन्छ । उनी दलको नभएर स्वतन्त्र सांसद नै भए पनि मन्त्री बन्न कुनै बाधा हुने कुरा त होइन । मनाङे स्वतन्त्र सांसद हुन्, उनीलाई भेटेर छुट्टै कुर्सी माग गर्न लगाएर खेल्ने काम भएको रेकर्ड पाएपछि हामीले पनि निर्णय गर्‍यौं । उनीहरुले लगेर सत्ता ढलाउँदा जायज हुने र हामीले ल्याएर सत्ता जोगाउनै सही मन्त्री बनाउँदा कसरी बेठीक हुन्छ ?

खिमविक्रमको विषय हामीसँग सम्बन्धित नै होइन । पहिलेदेखि नै मसालभित्र ठूलो असन्तुष्टि छ । म पहिले बागलुङको समेत इन्चार्ज हुँदा पनि बागलुङमा मसाललाई जिताउँदै आएका हौं । बागलुङमा कहिल्यै पनि हामीले सूर्य चिन्हमा मतदान गर्न पाएनौं । राष्ट्रिय रुपमा र अन्य जिल्लामा जे भए पनि बागलुङमा मात्रै छुट्टै चुनावी एकता हुन्थ्यो । उहाँहरुले जिन्दगीभर कांग्रेससँग लड्यौं, ज्यान मार्ने उद्योग लगाएर अझै पनि दजनौं हाम्रा मान्छे कांग्रेसका कारण भूमिगत छन् भन्नुहुन्छ । अनि कांग्रेसलाई कसरी भोट हाल्ने भन्ने उहाँलाई लाग्यो होला । त्यसमाथि खिमविक्रमजीमा कोभिड पनि देखियो ।

िवपक्षी दललाई जनमोर्चाले भोट हाल्छ भन्ने लागेको हुँदा अनि अनुपस्थित हुँदा अरुलाई दोष लगाउन पाइन्छ ? मतदान गर्ने प्रक्रियामै गएको भए साँच्चिकै केही रहेछ कि भन्ने शंका गर्ने ठाउँ हुन्थ्यो तर प्रक्रियामै नगई आरोप लगाउनुको आधार छैन । एमालेकै पनि सबै सांसद उपस्थित थिएनन् नि ।

-अनलाइनखबर
  • गण्डकीका अर्थमन्त्रीको टिप्पणी
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    आर्थिक तथा सामाजिक सम्बन्धि थप
  • प्रदेश अधिवेशनको प्रतिनिधि छनौटका लागि एमाले नवलपुरले सार्वजनिक गर्यो कार्यतालिका

  • पार्टीका नाममा चलाइएका नक्कली सामाजिक सञ्जाललाई एमालेले कारबाही गर्ने

  • कोशी, मधेस र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना

  • कावासाेती -१, द्वारा नाैमती बाजा हस्तान्तरण

  • समाचार
  • १

    प्रदेश अधिवेशनको प्रतिनिधि छनौटका लागि एमाले नवलपुरले सार्वजनिक गर्यो कार्यतालिका
    ११ घण्टा अघि

  • २

    पार्टीका नाममा चलाइएका नक्कली सामाजिक सञ्जाललाई एमालेले कारबाही गर्ने
    १४ घण्टा अघि

  • ३

    कोशी, मधेस र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना
    १४ घण्टा अघि

  • ४

    कावासाेती -१, द्वारा नाैमती बाजा हस्तान्तरण
    १ दिन अघि

  • ५

    आहा मनै लोभ्याउने फुङफुङ्गे झरना
    १ दिन अघि

  • ६

    असुरक्षित गर्भपतनले मातृ मृत्यु कम गर्न चुनौती
    १ दिन अघि

  • ७

    भदौमा दुई दर्जन सहकारी सहित साढे तीन हजार ऋणी कालोसूचीमा
    १ दिन अघि

  • ८

    संविधान जारी भएको आठ वर्ष पूरा
    २ दिन अघि

  • ९

    नवलपुरमा आलु खेती प्रर्वद्धनका लागि रु. ४ करोड बजेट
    ३ दिन अघि

  • १०

    नारायणी नदिमा पाैडीखेल्ने क्रममा डुबेर गैँडाकाेटका एकै घरका दुई बालककाे मृत्यु
    ४ दिन अघि

  • नवलपुर बिशेष
    १

    प्रदेश अधिवेशनको प्रतिनिधि छनौटका लागि एमाले नवलपुरले सार्वजनिक गर्यो कार्यतालिका

    नवलपुर प्रेस
    २

    कावासाेती -१, द्वारा नाैमती बाजा हस्तान्तरण

    नवलपुर प्रेस
    ३

    नवलपुरमा आलु खेती प्रर्वद्धनका लागि रु. ४ करोड बजेट

    नवलपुर प्रेस
    ४

    नारायणी नदिमा पाैडीखेल्ने क्रममा डुबेर गैँडाकाेटका एकै घरका दुई बालककाे मृत्यु

    नवलपुर प्रेस
    ५

    मध्यविन्दु जिल्ला अस्पतालमा आकास्मिक बाहेकका सेवा बन्द

    नवलपुर प्रेस
    ६

    भूमिहीन सुकुम्बासी समस्या समाधानका लागि देवचुलीमा जग्गा नापी सुरु

    नवलपुर प्रेस
    ७

    पर्यटकीय गन्तव्य बन्दै गैँडाकोट ३ मा रहेको महेश खोला

    नवलपुर प्रेस
    ८

    मध्यविन्दुमा बाख्राको खोरमा चितुवाले आक्रमण गर्दा पाँच बाख्रा मरे

    नवलपुर प्रेस

    फेसबुक

    कावासोती मिडिया हाउसद्वारा संचालित

    नवलपुर प्रेस डट कम

    कावासोती, नवलपुर

    ईमेल: pressnawalpur@gmail.com

    सम्पर्क फोन- ९८४५३२८६८८

    कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७

    सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९

    हाम्रो टीम

    संचालक तथा प्रबन्ध निर्देशक: दयाराम आचार्य
    सम्पादक: राजु घिमिरे
    समाचार प्रमुख: ज्ञानु पंगेनी
    ब्यबस्थापक:......
    सहायक सम्पादक: .......
    ग्राफिक डिजाईनर:.....
    कानूनी सल्लाहकार:.......
    बजार ब्यबस्थापक:......
    प्रेस प्रतिनिधि: तारा पौडेल

    साईट मेनु

    • गृह पृष्ठ
    • प्रईभेसी/पोलिसी
    • बिज्ञापनको लागि
    • गोपनियता
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
    • धर्म तथा संस्कृति
    • अपराध गतिविधि
    • खोज तथा अनुसन्धान
    • खेलकुद तथा मनोरञ्जन
    • कृषि तथा उद्योग
    • विश्व/एन.आर.एन.
    • नवलपुर बिशेष
    • नवलपुर अनलाईन टि.भी.
    © २०७७ नवलपुर प्रेस मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution