२०८१ श्रावण १२, शनिबार
कावासोती । लु ६२ प ५७ १७ मोटरसाइकलाई प्रहरीले रोक्यो । अघिपछी सवारी रोकेर लाइसेन्स र सवारीका कागजात जाँच गर्ने ट्राफिक प्रहरीले मोटरसाइकल चालकलाई सोध्यो ‘तपाईंको माक्स खोई ?’ । मोटरसाइकल चालक माधव पाण्डे एकैछिन अलमलमा पर्नुभयो । नजिकै रहेका ट्राफिक प्रहरीले भने अहिले कोभिड १९ को जोखिम छ , माक्स लगाएर हिड्नुहोला । यती भन्दै प्रहरीले एउटा माक्स दिए । कार्यालय जान लागेको बताउने पाण्डेले माक्स लगाउनुभयो र आफ्नो गन्तव्यमा लाग्नुभयो ।
सोही समयमा ना ४२ प ७९३८ नम्बरको स्कुटर सहित केही मोटरसाइकलाई प्रहरीले रोक्यो । अलमलमा परी आफ्ना कागजात निकाल्न लागेका चालकलाई ट्राफिक प्रहरीले भने ‘हामीले लाइसेन्स,ब्लुबुक खोजेका होइनौं, कोभिडको जोखिम छ, तपाइहरुले ठिक तरिकारले माक्स लगाउनुहोला भन्न हो’ । यती भन्दै केही माक्सप्रहरीले चालकको हातमा थमाइदिए । रोकिएका स्कुटर मोटरसाईकल आफ्नो गन्तव्यमा लागे ।
यसै गरि प्रहरीले अन्य सवारीहरु समेत रोक्दै गए । माक्स नलगाएकालाई लगाउन अनुरोध गरे । लगाएकालाई सहि तरिकाले लगाउन सिकाए ।
नवलपरासी (बर्दघाट सुस्तापूर्व ) नवलपुरको कावासोती फलफुल चोकमा शुक्रबार यस्तै दृश्य देखिए । सधैं सवारीका कागजात र सवारी चालक अनुमती पत्र जाँच गर्न खटिने ट्राफिक प्रहरी सहित प्रहरीको टोली शुक्रबार बिहान भने पैदययात्री, देखी यातायातमा सवार चालक र यात्रुहरुलाई माक्स लगाउन अनुरोध गरिरहेका थिए ।
कोभिड १९ को जोखिम बढदै गएकाले यसबाट बच्नकालागि अनिवार्य माक्स लगाउन सचेतना प्रदान गर्ने उद्येश्यले ‘ तपाईंको माक्स खोई ?’ अभियान संचालन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रमुख नारायण थापाले बताउनुभयो । अभियानका क्रममा पैदलयात्री देखी यातायातमा सवार चालक सहित यात्रुलाई माक्स लगाउन भनिएको र मास्क नलगाई हिडेकाहरुलाई माक्स बितरण गरिएको प्रमुख थापाले बताउनुभयो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर, जिल्ला प्रहरी कार्यालय नवलपुरको आयोजनामा संचालन गरिएको अभियानका क्रममा जन्ती बोकेर हिडेका सवारीलाई बिशेष कडाइ गरिएको थियो । जन्तिबोकेर हिडेका सवारीमा धेरै जन्ती भेटिएपछी सचेत गराउनेकाम समेत गराइएको थियो । उनिहरुलाई रोकेर कोभिड १९को जोखिमका बारेमा जानकारी दिने र अनिवार्य माक्स लगाउन, धेरै जन्तीलिएर नहिड्न सचेत गराईएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरिक्षक दिलिप कुमार गिरीले बताउनुभयो ।
माक्स लगाउन सचेत गराउने अभियान क्रमश संचालन गरिदै जाने प्रहरी उपरिक्ष गिरीले बताउनुभयो । राजमार्गमा रहेका बिभिन्न प्रहरी जाँच स्थलहरुबाट सवारीमा सवार चालक,यात्रुहरुले माक्स लगाए ,नलगाएको बारेमा जाँच गरिरहने उहाँले बताउनुभयो ।
प्रहरीले अभियानका कोभिड १९ बाट जोगिन सचेत बनौं, माक्स लगाऔं, यात्रा गर्दा दुरी कायमराखौं ,जस्ता सचेतना मुलक सन्देश लेखिएका स्टिकर समेत यातायातहरुमा टाँस गरेको थियो ।
शुक्रबार भएको कार्यक्रममा नवलपुर ट्याक्टर समितिका अध्यक्ष शिव गिरी र लेकवेशी यातायात प्राली नवलपुका अध्यक्ष युवराज बस्यालले बितरणकालागि आवश्कपर्ने माक्स प्रहरीलाई उपलब्ध गराउनुभएको थियो ।
(नवलपुर प्रेसमा प्रकाशित कुनै पनि सामाग्री कुनै पनि रुपमा पुनः प्रकाशित गर्न निषेध गरिएको छ । तोडमोड गरेर सामाग्री प्रकाशित गरेको अवस्थामा पनि प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । त्यसरी प्रकाशित भएको भेटिएमा कानुनी कारबाहीको प्रक्रिया थालिनेछ ।)
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |