२०८१ श्रावण १२, शनिबार
कावासोती । चालु आर्थिक वर्षको ९ महिनाको अवधीमा सवारी दुर्घटनामा परि पूर्वी नवलपरासीमा ३४ जनाले ज्यान गुमाएका छन् ।
चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्म ३४ जनाले ज्यान गुमाएका हुन् ।
ज्यान गुमाउनेमा सबैभन्दा बढि पुरुष ३१ जना रहेका छन । भने महिला एक जना र ज्यान गुमाउने बालको संख्या दुई रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पूर्वी नवलपरासीको तथ्याङ्कमा उल्लेख छ ।
दुर्घटनामा परि गम्भिर घाईते हुनेमा १ सय ८ जना छन् । गम्भिर घाईते हुने पुरुषको संख्या ८३ छ । यस्तै गम्भिर घाईते महिलाको संख्या १६ र बालबालिकाको संख्या ९ रहेको छ । यसैगरि सामान्य घाईते हुनेको संख्या ५५ रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।
सबैभन्दा बढि दुर्घटनामा पर्नेमा मोटरसाईकल रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका सुचना अधिकारी पदम बढुको भनाई छ । दुर्घटनामा पर्नेमा अधिकाशं पुरुष छन् भने, त्यसमा पनि धेरैजसो युवाले ज्यान गुमाउने गरेको उहाँ बताउनुहुन्छ । दुर्घटनाको मुख्य कारणमध्ये एक चालकको लापरवाही हो । युवा पुस्ताहरुले बढि स्पीडमा हाक्ने , मोवाईलफोनको प्रयोग गर्ने , जस्तोठाउँमा पनि ओभरटेक गर्ने गर्दा मोटरसाईकल बढि दुर्घटनामा पर्ने गरेको पाईएको उहाँ बताउनुहुन्छ ।
यसैबीच चालु अर्थिक वर्षको ९ महिनाको अवधीमा जिल्ला ट्राफिक प्रहरी कार्यालय पूर्वी नवलपरासीले ८२ लाख ६४ हजार रुपिँया राजश्व संकलन गरेको छ । विभिन्न सवारी साधन गरि १३ हजार २ सय वटा सवारी कारवाहीबाट उक्त रकम राजश्व संकलन भएको हो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |