२०८० आश्विन ११, बिहिबार
कावासोती । पूर्व पश्चिम राजमार्ग अन्र्तगत नवलपरासी ( बर्दघाट सुस्तापूर्व) नवलपुर स्थित दाउन्नेमा शनिबार साँझ भएको बस दुर्घटनामा परि घाइते भएका मध्य तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका मध्य दुई महिला र एक जनाका पुरुषको उपचारका क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा परि घाइते भएका ३१ जना मध्य तीन जनाको राति उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरिक्षक दिलिप कुमार गिरीले बताउनुभयो । दुर्घटनामा परि मृत्यु हुनेहरुमा ईलाम बस्ने २५ वर्षिय धनु दर्लामी ,मकवानपुर बकाया गाउँपालिका –५, घर भई हाल विनयी त्रिवेणी गाउँपालिका –२, स्थित गुम्बामा बस्ने ५७ वर्षिय ज्यामो हिसे छमो ग्याल्मो र चितवन भरतपुर महानगरपालिका –२५, बस्ने ७२ वर्षिय हिमलाल न्योपाने रहेका छन् ।
अन्य घाइतेको भने भरतपुर तथा नवलपुरका बिभिन्न अस्पतालमा उपचार भईरहेको प्रहरी नायव उपरिक्षक गिरीले बताउनुभयो ।
शनिबार साँझ नवलपुरको विनयी त्रिवेणी गाउँपालिका –२, दाउन्नेमा बस आफै अनियन्त्रीत भई सडकबाट दुई मिटर तल खसेको थियो । बुटवलबाट नारायणगढका लागि छुटेको ना ५ ख ७००० नम्बरको यात्रुबाहक बस दुर्घटनामा परेको थियो । बस दुर्घटनामा परि बसमा सवार सबै घाइते भएका थिए । सडकबाट तल भिरमा बस खसेकाले घाईतेको उद्धारमा समेत कठिनाई भएको थियो । जिल्ला प्रहरी कार्यालय, ईलाका प्रहरी कार्यालय दुम्किबासको प्रहरी टोलीले घाईतेको उद्धार गरेका थिए ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |