२०८० आश्विन ५, शुक्रबार
प्रधानमन्त्री केपी ओलीले बोलाएको सर्वदलीय बैठक बालुवाटारमा सुरू भएको छ।
बैठकमा सहभागी हुन सभापति शेरबहादुर देउवासहित कांग्रेस शीर्ष नेता, जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, लक्ष्मणलाल कर्ण, नेमकिपाका प्रेम सुवाल, राप्रपाका प्रकाशचन्द्र लोहनी लगायत सहभागी छन्।
जसपाकै संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई र उपेन्द्र यादव भने बैठकमा छैनन्।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहासहित नेताहरू कोही पनि छैनन् भने एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूहका नेता पनि छैनन्।
बैठकमा प्रधानमन्त्री ओलीसँगै उनको समूहका नेता ईश्वर पोखरेल, विष्णु पौडेल, सुवास नेम्वाङलगायत छन्।
नेपाललाई भने बैठकको निम्तो नै नभएको उनीनिकट स्रोतले बतायो। दाहालले भने बालुवाटारमा सहभागी नहुने भन्दै सिंहदरबारमा बैठक राख्न सुझाएका थिए।
प्रधानमन्त्रीले समसामयिक राजनीति, रिक्त ठाउँमा निर्वाचन र कोरोना नियन्त्रणका बारेमा बैठक राखिएको बुझिएको छ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |