२०८० आश्विन १२, शुक्रबार
कावासोती । प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनीले नेपाल रेडक्रस सोसाईटीलाई सामाजिक कार्यलाई निश्पक्ष ढंगले निरन्तरता दिन आग्रह गर्नुभएको छ ।
बुधबार नेपाल रेडक्रस सोसाईटी उपशाखा कावासोतीको १९ औँ शाखा सभाको अधिवेशनमा प्रमुख अतिथीको रुपमा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो ।
समुदायमा पर्नेे विपदका वेला रेडक्रसले तनमन लगाएर काम गर्दै आएको स्मरण गर्दै उहाँले विश्वमा नै सामाजिक सेवामा रेडक्रसले योगदान पु¥याएको बताउनुभयो । उहाँले सामाजिक भावनाले नै समुदायमा अमन चयन कायम हुने हुँदा रेडक्रसको सेवा सबैका लागि प्रेरणा बनेको बताउनुभयो ।
कार्यक्रममा बोल्नै अधिकाशं वक्ताहरुले रेडक्रस पवित्र भावनाले लाग्नुपर्नेमा जोड दिएका थिए । रेडक्रश विशुद्ध सामाजिक संस्था भएकाले यहाँ कुनै पनि प्रकारको रिष द्धश र राजनैतिक आग्रह पूर्वाग्रह राख्न नहुने बताएका थिए । यस्तै मानविय कार्यमा खटिएका व्यक्तिहरु रेडक्रसमा लागेका कराण उनीहरुले समाजका लागि गरेको योगदानलाई भुल्न नहुनेमा समेत जोड दिएका थिए ।
रेडक्रसले जिवन रक्षाका लागि पनि काम गर्न सुझाव दिदै बालबालिका तथा महिलाको क्षेत्रमा समेत काम गर्न आवश्यक रहेको औल्याएका थिए ।
कार्यक्रममा उपशाखाका सभापती वेद प्रसाद न्यौपानेले प्रगती प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । उहाँले रक्तसंकलन , रक्तदान , दैवी प्रकोप पीडित उद्धार , कारोना प्रभावितलाई सहयोग , न्यानो लुगा वितरण , कपडा बैङ्क स्थापनामा सहकार्य , भवनको तला निर्माण , राहत सामाग्री भण्डारण कक्ष निर्माण , एम्बुलेन्स सेवा सुचारु लगायतका काम गर्न सफल भएको जानकारी दिनुभयो ।
यस्तै निकट भविश्यमा नै नेपाल हिल्फे जर्मनीको सहयोगमा अत्याधुनिक सुविधा सम्पन्न रक्त सञ्चार सवारी साधन उपलब्ध हुने बताउनुभयो ।
कार्यक्रममा वितरण गरिएको संस्थाको प्रतिवेदनमा १ करोड १४ लाख ६४ हजार १ सय ८९ रुपिँया बराबरको प्रस्तावित आयव्यव विवरण उल्लेख गरिएको छ । सचिवको प्रतिवेदनमा मुल भवनमा दोश्रो र तेश्रो तलामा आउनजानका लागि छुटटै व्यवस्थित भ¥याङ्ग निर्माण गर्ने , छतमा ट्रष्ट निर्माण गरि अत्याधुनिक मिटिङ्ग सेमिनार गोष्ठिका लागि सभाहल निर्माण गर्ने , यशस्कर , विशिष्ट र आजिवन सदस्य लगायत मुठीदाताहरु विस्तार गर्दै रेडक्रस अभियानलाई निरन्तरता दिने , स्वास्थ्य एवम् सचेतनाका कार्यक्रम सञ्चालन गर्ने , द्धन्द्ध पीडित तथा महिला लक्षित कार्यक्रम सञ्चालन गर्ने लगायतका आगामी वर्षका प्रस्तावित कार्यक्रमहरु उल्लेख गरिएको छ ।
उपशाखाका सभापती न्यौपानको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनीको प्रमुख आतिथ्यता रहको थियो भने , कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रकाश मल्ल , कावासोती वडा नं. २ का अध्यक्ष लक्ष्मी प्रसाद पौडेल , समाजसेवि विष्णु भुषाल , कावासोती खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष भिमलाल कंडेल , बाल संगठन नवलपुरका अध्यक्ष विष्णु पाण्डे , उद्योग वाणिज्य संघका सदस्य राजेन्द्र पाण्डे , सामुदायिक प्रहरी सेवा केन्द्रकी अध्यक्ष नारायणी भट्टराई लगायतको सहभागिता रहको थियो । कार्यक्रममा उपशाखाका उपसभापती उदयराज भण्डारीले स्वागत मन्तव्य राख्नुभएको थियो भने , सचिव अमृता सिग्देलले सहजीकरण गर्नुभएको थियो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |