२०८० आश्विन १४, आईतबार
कावासोती । पूर्वी नवलपरासीको कावासोती नगरपालिका ८ मा रहेको कालिगण्डकी अस्पताल मर्ज हुने भएको छ ।
चितवनको भरतपुरमा रहेको नारायणी सामुदायिक अस्पतालसंग मर्ज गरि थप सेवा सुविधा संचालन गर्न लागेको अस्पतालका अध्यक्ष डाक्टर मेडिकल डाइरेक्टर छविलाल थापाले जानकारी दिनुभयो । विरामीको चापलाई मध्यनजर गर्दै तथा आपतकालीन अवस्थाका विरामीलाई पनि चाडै निको बनाउन सहयोग हुने भएकाले थप सुविधासहित मर्ज गर्न लागिएको डाक्टर थापाले बताउनुभयो । उहाँले भन्नुभयो यहाँबाट चितवन लैजान समय लाग्ने भएकाले मर्ज गरि त्यहाको सुविधा कावासोतीमै प्रदान गर्न सकेमा विरामीलाई खतराबाट बचाउन सकिन्छ । साथै कालीगण्डकी अस्पतालले यहि वैशाख १ गते देखि मर्ज सहित विषशेज्ञ सहितको समेत उपचार गर्ने थापाले बताउनुभयो । नवलपरासीमा धेरै दुर्घटना हुने र उपचारका लागि पनि जिल्ला बाहिर लैजानु पर्ने भएकाले अब त्यो समस्या पनि हट्ने विश्वास उहाले ब्यक्त गर्नुभयो ।
२०७३ सालदेखि सघन उपचार कक्ष आइ सी यु को सेवा सुरु गरेको अस्पतालमा अहिले ५१ बेड क्षमतालाई बाट सेवा दिइरहेको छ । सरकारी अस्पताल बाहेकमा यस अस्पतालले पहिलो पटक सर्पदंशका विरामीको पनि उपचार सुरु गरेको थियो । गर्मीको समयमा हाल पनि दिनहुँ जसो सर्पदंशका विरामी आउने गरेको डाक्टर छबिलाल थापाले बताउनुभयो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |