२०८० मंसिर २५, सोमबार
कावासोती । नवलपुरको कावासोतीमा भरतपुर आँखा अस्पताल कावासोती आँखा उपचार केन्द्रको शुभारम्भ गरिएको छ । शनिबार एक कार्यक्रमको आयोजना गरि कावासोती नगरपालिका –३, सभापती चोक नजिक आँखा अस्पतालको शुभारम्भ गरिएको हो । भरतपुर आँखा अस्पताल, नेपाल नेत्र ज्योती संघ चितवन र नेपाल नेत्र ज्योती संघ नवलपुर मार्फत संचालन हुने गरि आँखा अस्पतालको शुभारम्भ गरिएको नेपाल नेत्र ज्योती संघ नवलपुरका अध्यक्ष प्रा.डा. विष्णु प्रसाद लम्सालले बताउनुभयो ।
नेपाल नेत्र ज्योती संघकाका केन्द्रिय अध्यक्ष प्रा.डा. चेतराज पन्तको प्रमुख आतित्थ्यतामा अस्पतालको शुभारम्भ गरिएको हो । अस्पतालको शुभारम्भ गर्दै केन्द्रिय अध्यक्ष प्रा.डा. पन्तले कावासोतीमा स्थापना गरिएको आँखा अस्पतालको महत्व भोलीका दिनमा निकै ठूलो हुने बताउनुभयो । करिब २० प्रतिशत मानिसमा आँखाको समस्या हुनेगरेको बताउदै नवलपुरका बासिन्दालाई सहज उपचारकालागि कावासोतीमा स्थापना भएको आँखा अस्पतालले ठूलो सहयोग पुर्याउने उहाँले बताउनुभयो । नेपालको आँखा उपचार सेवा दक्षिण एशियामानै राम्रो मानिने केन्द्रिय अध्यक्ष पन्तले बताउनुभयो । नेपाल नेत्र ज्योती संघले सेवा मुलक रुपमा आँखा उपचारको क्षेत्रमा काम गर्दै आएको भन्दै सबैको सहकार्यमा कावासोतीमा आँखा अस्पताल स्थापना भएको र भोलीका दिनमा यसको थप विकासका लागि यहाँका स्थानीय तह ,सरोकारवाला सबै मिलेर अगाडी बढ्नुपर्ने उहाँले बताउनुभयो ।
आँखा अस्पतालको उद्धघाटन कार्यक्रममा बोल्दै मध्यविन्दु नगरपालिका नगर प्रमुख चन्द्र बहादुर रानाले अस्पताल स्थापनाले जिल्लामा आँखा सम्बन्धी उपचारमा सहजता मिल्ने बताउनुभयो । मानव शरिरको महत्वपूर्ण अङ्गको रुपमा रहेको आँखामा सामान्य समस्या आएपनी को संग सल्लाहा लिन कता जाने भन्ने दुविधा हुने गरेको र भरतपुर देखी काठमाण्डौं सम्म धाउनुपर्ने अवस्था रहेकाले यसको स्थापनाले धेरै सहजता मिल्ले उहाँले बताउनुभयो । नगर प्रमुख पुनले अस्पताल संगको सहकार्यमा मध्यविन्दु नगरपालिकामा समेत आफुले आँखा उपचार केन्द्र स्थापनाकालागि पहल गर्ने बताउनुभयो ।
संघ सस्थाको तर्फबाट बोल्दै कुमारी निजी शैक्षिक गुठीका अध्यक्ष नर बहादुर ठाडाले आँखा अस्पतालको स्थापनाले सम्पूर्ण नवलपुर बासीले यहीबाट सेवा लिन पाउने र भरतपुर जानुपर्ने बाध्यता हट्ने भन्दै अस्पतालको सफलताको शुभकामना दिनुभयो ।
आँखा अस्पतालबाट आँखा परिक्षण, चश्मा एवं फार्मेसी सेवा, आँखाको औषधी विक्रि बितरण, मोतिया विन्दुको शल्यक्रिया, आँखाको साधारण सल्यक्रिया लगाएतका सेवाहरु उपलब्ध हुने छ ।
आँखा अस्पताल उद्धघाटन कार्यक्रम नेपाल नेत्र ज्योती संघ नवलपुरका अध्यक्ष प्रा.डा. विष्णु प्रसाद लम्सालको अध्यक्षतामा भएको थियो । कार्यक्रमको संचालन होमनाथ जैसीले गर्नुभएको थियो । कार्यक्रमा कावासोती नगरपालिका प्रमुख चन्द्र कुमारी पुन, प्रमुख प्रशासयिक अधिकृत रमेश घर्ती लगाएतको समेत उपस्थिती रहेको थियो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |