२०८१ श्रावण १२, शनिबार
नवलपुर । नवलपरासी (बर्दघाट सुस्तापूर्व)नवलपुरको कावासोती नगरपालिका–४, हसौरा क्षेत्रका स्थानीय आफुले जोत भोग गरेको जग्गाको पुर्जा अर्कैको नाममा हुदा चिन्तीत बनेका छन् । हसौरा, चिलाहा, सालघारी, चीलाहा खोला पारी, स्कुल टोल, बगनासे, कुसनरी, सात बिघा , बिच टोल ,ढुङ्गेनीका बासिन्दा पुर्जा बिहिन बन्दा समस्यामा परेका छन् । लामो समय देखी बसोबास गरेको जमिन भू –माफियाले आफ्नो नाममा पुर्जा बनाउदा यस क्षेत्रका समस्यामा परेका हुन् ।
यहाँको ७० बिघा जग्गा करिब २५ जनाले आफ्नो नाममा पुर्जा निकालेका छन् । पुर्जा निकाल्नेहरु काठमाण्डौं, धादिङ, पोखरा ,विरगंज लगाएतका व्यक्ति भएको जनाईएको छ ।
वि.स.२०३१ सालबाट बसोबास गर्दै आएको भएपनी आफु बसोबास गरेको जमिनको पुर्जा भने अरुकै नाममा रहेको स्थानीयको भनाई छ । वि.स.२०३१ सालबाट बसोबास गरेको बताउने मायाराम थारुको जग्गा समेत भू –माफियाले आफ्नो नाममा पुर्जा निकालेका छन् । ‘यहाँ केही थिएर म लगाएत केही व्यक्तिले झाडी फाडेर बस्यौं, त्यो बेला बनको क्षेत्र भनेर मलाई त समातेर भैरहवा जेलमा समेत थुन्यौ’ मायारामले भन्नुभयो–पछी धरौटीमा छाड्यो ,तर आफैले भोग गरेको जमिनको भने भू–माफियाले पुर्जा निकाले । आफैले भोग गरेको जग्गा समेत भू–माफियाहरुले गाउँमै नआई पुर्जा बनाएको उहाँ बताउनुहुन्छ । विं.सं. २०३१ सालबाट बसोबास गरेको भएपनी वि.सं.२०५५ सालमा भने आफ्नो जग्गा भू –माफियाले पुर्जा बनाएर कब्जा गरेको थारुको भनाई छ ।
उहाँ जस्तै यहाँका धेरै घर परिवारको बसोबास गरेकाको जग्गाको पुर्जा अर्कैको नाममा रहेको छ । वि.सं.२०५४ सालमा फिल्डबुक कायम गरि वि.सं. २०५५ मा मालपोत कार्यालयले पुर्जा बितरण गरेको थियो । सो समयमा बिभिन्न ठाउँका कबिर २० ,२५ जनाले आफ्नो नाममा पुर्जा बनाए । अहिले पनि यहाँ बसोबास गर्नेहरुको जग्गाको पुर्जा अर्कैको नाममा रहेको छ स्थानीय गोपी शर्माले भन्नुभयो । पुर्जा गतल रुपमा निकालेको भनेर सो समयमा तत्कालीन गाविस कार्यालय, मालपोत घेर्ने काम गरेपछी मालपोत कार्यालयले पुर्जा बदरको काम अगाडी बढाएको थियो । तर मालपोत कार्यालय आफैले जारी गरेको पुर्जा पुनः सच्चाउन नमिल्ने भनि सर्वोच्चले आदेश दिएपछी बसोबास गरेका व्यक्ति भन्दा अरुकै नाममा पुर्जा कायम भएको हो । शिवमन्दिर क,ख र ग को नक्शामा जोतभोग गर्ने भन्दा फरक व्यक्तिको नाममा पुर्जा रहेको उहाँको भनाई रहेको छ ।
सोही समयमा यहाँ केही स्थानीयले समेत पुर्जा बनाएका थिए । तर आफु बसोबास गरेको भन्दा फरक ठाउँको पुर्जा बनेपछी यसले समेत समस्या निम्ताएको कावासोती नगरपालिका वडा नम्बर –४ , वडा अध्यक्ष रमाकान्त चापागाईले बताउनुभयो । करिब तीन सय घरधुरीले जोतभोग गरेको जग्गा भन्दा फरक ठाउँको किक्ता काट भएको छ । यस अर्को समस्या निम्ताएको उहाँको भनाई रहेको छ । करिब ८० घरपरिवारले आफु बसेको भन्दा केही फरक भएपनी पुर्जा निकालेका छन् । तर तीन सय घरपरिवार भने आफु बसेको ठाउँ भन्दा फरक स्थानमाकित्ताकाट भएपछी पुर्जा बिहिन बनेका छन् ।
तत्कालीन समयमा केन्द्रको नापीले ६ महिना यहाँ आएर बाउन्ड्रीको काम गरेको थियो । तर पछि फिल्डमा नआई किक्ताकाट गरेकाले यस्तो समस्या आएको वडा अध्यक्ष चापागाईले बताउनुभयो । सोही समयमा फिल्डमा नआई केही भू–माफियाहरुले यस क्षेत्रको जग्गाको पुर्जा आफ्नो नाममा निकालेका थिए । पुर्जा निकाल्ने धेरै मानिस कहाँको हो भन्ने समेत एकिन नभएको वडा अध्यक्ष चापागाईले बताउनुभयो । यहाँका स्थानीयले भने फिल्डबुक सच्चाउनुपर्ने माग गरेका छन् । वा जोतभोग गरेको आधारमा पुन ः नापी गरेर पुर्जा दिनुपर्ने माग स्थानीयको रहेको छ ।
(अनुमति बिना याे समाचार साभार गरि प्रकाशन गरे कानुन अनुसार कार्वाही प्रकृयामा जान बाध्य हुनेछौं )
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |