२०८० आश्विन ५, शुक्रबार
कावासोती । पूर्व पश्चिम राजमार्ग अन्र्तगत नवलपरासी ( बर्दघाट सुस्तापूर्व ) नवलपुरको कावासोतीमा गएराति स्कुटर दुर्घटना हुदा एक जनाको मत्यु भएको छ । कावासोती –८, खरकट्टा जंगलमा गएराति स्कुटर दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको हो । दुर्घटनामा परि मृत्यु हुनेमा कावासोती नगरपालिका वडा नम्बर –२, बस्ने ३५ वर्षीय जिवन राना रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरिक्षक दिलिप कुमार गिरीले बताउनुभयो ।
खरकट्टा जंगलमा लु ५८ प ७०४८ नम्बरको स्कुटर र चालक लडि रहेको भन्ने सुचनाको आधारमा घटना स्थल पुगेको प्रहरीले रानालाई रातिनै उद्धार गरि उपचारको लागि मध्यविन्दु जिल्ला अस्पताल पुर्याएको थियो । जिल्ला अस्पतालबाट थप उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुर रिफर गरिएकोमा पुरनो मेडिकल कलेजले रानालाई मृत घोषण गरेको प्रहरी नायव उपरिक्षक गिरीले बताउनुभयो ।
दुर्घटनाको कारण नखुलेको प्रहरीले जनाएको छ । रातको समयमा आफै अनियन्त्रित भएर दुर्घटना भएको हो वा कुनै सवारीले ठक्कर दिएको हो भन्ने विषयमा अनुसन्धान भइरहेको उहाँले बताउनु भएको छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |