२०८० आश्विन १४, आईतबार
हुप्सेकोट । नवलपुरको हुप्सेकोट गाउँपालिकामा नागरिक आरोग्य सेवा केन्द्रको स्थापना गरिएको छ । आईतबार सेवा केन्द्रको स्थापना गरिएको हो । जिल्ला आर्युवेद स्वास्थ्य केन्द्रको आयोजनामा एक कार्यक्रमबा बिच आईतबार नागरिक आरोग्य सेवा केन्द्रको उद्धघाटन गरिएको हो । हुप्सेकोट गाउँपालिका वडा नम्बर १ मा सेवा केन्द्रको स्थापना गरिएको हो ।
आईतबारबाट शुरु गरिएको नागरिक आरोग्य सेवा केन्द्रबाट नि शुल्क आधारभूत आर्युवेद सेवा कार्यक्रम ,औषधी वितरण सेवा , जेष्ठ नागरिक आरोग्य सेवा, स्तनपायी कार्यक्रम, पूर्वकर्म ,पंचकर्म लगाएत योग,जीवनशैली लगाएतका कार्यक्रम संचालन गरिने जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रकी प्रमुख डा. सुजाता शर्माले बताउनुभयो ।
आरोग्य सेवा केन्द्रको उद्धघाटन गर्दै हुप्सेकोट गाउँपालिका अध्यक्ष एवं कार्यक्रमकी प्रमुख अतिथि लक्ष्मि पाण्डेले सेवा केन्द्रको स्थापना पछी गाउँपालिका सबै नागरिकले यहाँबाट सेवा लिन सक्ने बताउनुभयो । आरोग्य सेवा केन्द्रको स्थापना संगै गाउँपालिका भित्र योगका कार्यक्र , जडिबुटी पहिचान तथा संरक्षण लगाएतका बिभिन्न कार्यक्रम संचालन गर्न सहयोग पुग्ने उहाँले बताउनुभयो ।
जिल्ला आयूर्वेद स्वास्थ्य सेवा केन्द्र र हुप्सेकोट गाउँपालिकाको सहयोग तथा सहकार्यमा नागरिक आरोग्य सेवा केन्द्र संचालन हुने डा. शर्माले बताउनुभयो । बिभिन्न स्थानीय तहमा आरोग्य सेवा केन्द्र स्थापन गर्न कार्यक्रम अनुसार हुप्सेकोटमा समेत सेवा केन्द्रको स्थापना गरिएको प्रमुख डा. शर्माले बताउनुभयो ।
आईतबार उद्धघाटन कार्यक्रम नागरिक आरोग्य सेवा केन्द्रको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष कृष्ण प्रसाद भट्टराईको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष लक्ष्मि पाण्डेको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष कोपिला मल्ल, निमित्त प्रमुख प्रशासकिय अधिकृत राजेन्द्र प्रसाद रेग्मी ,स्वास्थ्य संयोजक कृष्ण सापकोटा, बिभिन्न वडाका वडा अध्यक्षहरु, जनप्रतिनीधि ,समाजसेवी, जिल्ला आयूर्वेद स्वास्थ्य सेवा केन्द्रका कर्मचारी लगाएतको उपस्थिती रहेको थियो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |