२०८० आश्विन १२, शुक्रबार
कावासोती । नवलपरासी पूर्व नवलपुरको डण्डामा रहेको मध्यविन्दु जिल्ला अस्पतालमा शुक्रबारबाट दन्त उपचार सेवा शुरु गरिएको छ । शुक्रबार सांसद तिलक महतले दन्त उपचार सेवाको शुभारम्भ गर्नुभएको हो ।
अस्पतालमा दन्त उपचार सेवाको शुरु गरेसंगै दाँत रोग सम्बन्धी उपचार हुने र यसले यस्ता विरामीलाई लाभ मिल्ने मध्यविन्दू जिल्ला अस्पतालका जनस्वास्थ्य अधिकृत एवं सूचना अधिकारी छविलाल सुवेदीले बताउनुभयो । दन्त सेवा शुरु भएसंगै यहाँबाट दाँत सफा, स्केलिङ्ग, दात भर्ने, आरसिटी उपचार , नयाँ दाँत राख्ने सहित धेरै जसो दात सम्बन्धी समस्याको उपचार हुने डा. सबिना थापाले बताउनुभयो । मध्यविन्दु अस्पतालले यस अघि आँखा उपचार सेवा समेत शुरु गरिसकेको छ । अब चाडै शल्यक्रियाबाट प्रसुती सेवा लगाएतका सेवाहरु थप हुने अस्पतालले जनाएको छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |