२०८१ श्रावण १२, शनिबार
बुलिङटार । नवलपुरको बुलिङटार गाउँपालिकामा नागरिक आरोग्य सेवा केन्द्र स्थापना गरिएको छ । सोमबार एक कार्यक्रमका बिच आरोग्य सेवा केन्द्रको उद्धघाटन गरिएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रकी प्रमुख डा. सुजाता शर्माले बताउनुभयो । सोमबारबाट शुरु गरिएको नागरिक आरोग्य सेवा केन्द्रबाट नि शुल्क विरामी परिक्षण ,औषधी वितरण सेवा , जेष्ठ नागरिक आरोग्य सेवा, स्तनपायी कार्यक्रम, पूर्वकर्म ,पंचकर्म लगाएत योग,जीवनशैली लगाएतका कार्यक्रम संचालन गरिने जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रकी प्रमुख डा. शर्माले बताउनुभयो ।
जिल्ला आयूर्वेद स्वास्थ्य सेवा केन्द्र र बुलिङटार गाउँपालिकाको सहयोग तथा सहकार्यमा नागरिक आरोग्य सेवा केन्द्र संचालन हुने डा. शर्माले बताउनुभयो ।
बलिङटार गाउँपालिका वडा नम्बर –३, छात्रावासमा सेवा केन्द्रको स्थापना गरिएको हो । नागरिक आरोग्य सेवा केन्द्रको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष कृष्ण प्रसाद भट्टराईको अध्यक्षता एवं बुलिङटार गाउँपालिका उपाध्यक्ष मैना विकको प्रमुख आतित्थ्यतामा उद्धघाटन गरिएको हो । उद्धघाटन कार्यक्रममा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रकी प्रमुख डा. सुजाता शर्मा , बुलिङटार गाउँपालिका निमित्त प्रमुख प्रशासकिय अधिकृत सिताराम खनाल , विभिन्न वडाका वडा अध्यक्ष, जनप्रतिनीधि, समाजसेवी लगाएतको उपस्थिती रहेको थियो ।
आयुर्वेद औषधालय नभएका गाउँपालिकाहरुमा नागरिक आरोग्य सेवा केन्द्र स्थापना गर्ने नीति अनुसार सोमबार बुलिङटार गाउँपालिकामा केन्द्रको स्थापना गरिएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रकी प्रमुख डा. शर्माले बताउनुभयो । यही नीति अनुसार चाडै हुप्सेकोट गाउँपालिकामा समेत सेवा केन्द्र स्थापना गरिने उहाँले बताउनुभयो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |