२०८० मंसिर २४, आईतबार
कावासोती । १ सय ११ औँ अन्तराष्ट्रिय नारी दिवसको अवसर पारेर नवलपरासी पूर्व (नवलपुरको) कावासोती नगरपालिकाको आयोजनामा आईतबार भएको विषेश कार्यक्रममा विभिन्न क्षेत्रका महिलाहरुलाई सम्मान गरिएको छ । कार्यक्रममा क्रियाशिल रुपमा पत्रकारीतामा काम गरेका पत्रकार क्रियाशिल पत्रकार महिला डब्लु डब्लु जे नवलपुरकी अध्यक्ष ज्ञानु पंगेनीलाई सम्मान गरिएको छ । उहाँलाई विगत लामो समयदेखि पत्रकारीताको क्षेत्रमा क्रियाशिल भएर काम गरेकाले नगद सहित सम्मानपत्रले सम्मान गरिएको हो ।
प्रदेश सभा सदस्य ओमकला गौतम , कावासोती नगरपालिका प्रमुख चन्द्र कुमारी पुन र प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनीले सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गर्नुभएको हो ।
यस्तै पत्रकार मिना कंडेल , साशही महिला पुरस्कार कावासोतीकी पहिलो महिला इरिक्सा चालक निर्मला पौडेल , कृषक तथा महिला उद्यमी सोभा बोहोरालाई सम्मान गरिएको छ भने उत्कृष्ट सहकारीका रुपमा शिव मन्दिरमहिला बहुउदेश्यीय सहकारी संस्थालाई सम्मान गरिएको छ । यसैगरि दिवसको अवसरमा आयोजना गरिएको छात्राहरुको निबन्ध लेखन प्रतियोगिता र महिलाहरुको खुला बक्तृत्वकला प्रतियोगितामा विजयी भएकालाई समेत नगद सहित प्रमाणपत्र र पुरस्कार वितरण गरिएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी प्रदेश सभा सदस्य ओमकला गौतमले राजनैतिक रुपमा जो जहाँ भए पनि हिंसाका विरुद्ध एक भएर आवाज उठाउन जरुरी रहेको बताउनुभयो । उहाँले हिंसा गर्ने जो कोहि भए पनि आफ्नो हुन नसक्ने भन्दै अपराधिलाई बचाउ गर्न कोहि पनि लाग्न नहुनेमा जोड दिनुभयो । आफुले अपराध गर्नेलाई मेरा आफ्नो मान्छे भनेर ढाकछोप गर्ने काम नगरेको समेत उहाँले बताउनुभयो ।
यस्तै कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनीले महिलाहरु आर्थिक रुपमा शशक्त भए मात्रै हिंसाबाट बाहिर निस्कन सकिनेमा जोड दिनुभयो । अब महिलाहरुले हिंसा विरुद्ध चुप लागेर बस्न नहुने आवाज उठाउनै पर्ने समेत बताउनुभयो । कावासोती नगरपालिकाले यस वर्षबाट पहिलो पटक नारी दिवसको अवसरमा समाजमा रहेर विभिन्न क्षेत्रबाट महिला शशक्तिकरणमा टेवा पु¥याउनुका साथै , विभिन्न् क्षेत्रमा क्रियाशिल तथा महिला भएर पनि समाजमा पुरुष सरह काम गरेर उदारहरणीय बनेका महिलाहरुलाई सम्मान गर्ने कार्यको थालनी गरिएको नगर प्रमुख चन्द्र कुमारी पुनले बताउनुभयो ।
कार्यक्रममा कावासोती वडा नम्बर ९ का अध्यक्ष नेत्र प्रसाद खतिवडा , शिक्षा शाखाका अधिकृत राजन पाण्डे , सामुदायिक वन महासंघका केन्द्रिय सदस्य सिता खड्का , शिव मन्दिर महिला बहुउदेश्यीय सहकारी संस्थाकी अध्यक्ष गिता अर्याल , जिवनज्योती माविका प्रध्यानाअध्यापक सुमित्रा लम्साल , शिक्षाका लागि राष्ट्रिय अभियान नवलपुरका अध्यक्ष लक्ष्मी गौतम लगायतले बोल्दै महिला हिंसा सदाका लागि अन्त्य गर्न सबै महिलाहरु एक भएर लाग्न आवश्यक रहेकोमा जोड दिएका थिए ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय महिला बालबालिका तथा , जेष्ठ नागरिक सेवा केन्द्रक प्रमुख विन्दु विकले साईबर सेफ्टी सम्बन्धी प्रस्तुतीकरण राख्नुभएको थियो ।
कार्यक्रममा विना प्युठानीले सहजीकरण गर्नुभएको थियो भने , महिला तथा बालबालिका शाखा कावासोतीका शुशिला तिमिल्सीनाले स्वागत मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रम नगर प्रमुख पुनको अध्यक्षतामा भएको थियो । मूल समारोह अघि कावासोती नगरपालिकाबाट कार्यक्रम स्थल सितारा रिसोर्टसम्म र्याली गरिएको थियो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |