२०८० मंसिर १४, बिहिबार
कावासोती । नवलपरासी (बर्दघाट सुस्तापूर्व ) नवलपुरको विनयी त्रिवेणी गाउँपालिकाबाट छोरीलाई करणी गरेको आरोपमा बुबा पक्राउ परेका छन् । विनयी त्रिवेणी –४, सर्दीका ३८ वर्षीय बुबा पक्राउ परेका हुन । १३ वर्षीय छोरीलाई करणी गरेको आरोपमा बुबालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक दिलीप कुमार गिरीले बताउनुभयो ।
पछिल्लो पटक मंसिर ८ गते छोरीलाई करणी गरेर भारत फरार भएका आरोपित बुबा बुधबार घर फर्केपछि घटना खुलेको हो । बुधबार घर फर्केपछि घरमा झगडा हुदाँ स्थानीयले घटना बारे थाहा पाएका थिए । घटनाबारे जानकारी पाएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
स्थानीयबाट जानकारी प्राप्त हुन साथ इलाका प्रहरी कार्यालय दुम्कीबासबाट प्रहरी निरीक्षक बिकास बमको नेतृत्वमा घटना स्थल पुगेको टोलिले आरोपित बुबालाई गिरफ्तार गरेको छ ।
प्रारम्भीक अनुसन्धानमा बुबाले पीडित बालिका माथि पटक पटक करणी गरेको खुलेको प्रहरी नायव उपरीक्षक गिरीले बताउनुभयो । पछिल्लो पटक मंसिर ८ गते बालिका माथि करणी भएको अनुसन्धानमा खुलेको भन्दै थप विवरण लिखित जाहेरी पछि खुल्ने उहाँले बताउनुभयो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |