२०८० मंसिर १४, बिहिबार
दुम्किबास । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका –२, दुम्किबासमा रहेको भानूदय बहुमुखी क्याम्पसको अध्यक्षमा इन्द्र क्षेत्री चयन हुनु भएको छ । भानूदय बहुमुखी क्याम्पसको आज भएको तेस्रो अधिवेशनले अध्यक्षमा इन्द्र क्षेत्रीलाई चयन गरेको हो ।
क्याम्पसको १३ सदस्यीय कार्यसमितिमा अध्यक्षमा इन्द्र क्षेत्री सहित सात सदस्यीय निर्वाचित भएका हुन् । थप ६ सदस्य पदेन रहने छन् ।
आज भएको भेलाले ३ सदस्यीय लेखा समिति र ४ सदस्यीय सल्लाहकार समिति समेत चयन गरिएको छ । नर्व गठित समितिको कार्यकाल तीन वर्षको रहने छ ।
नव निर्वाचित अध्यक्ष इन्द्र क्षेत्रीले विनयी त्रिवेणीको ठूलो शैक्षिक संस्था भानूदय बहुमुखी क्यापसको अध्यक्ष जस्तो जिम्मेवार पदमा आफूलाई निर्वाचित गराएकोमा सबै सरोकारवालालाई धन्यवाद दिनुभयो । आफ्नो कार्यकालमा क्याम्पसको विकास ,शैक्षिक गुणस्तरको थप सुधार र समग्र यस क्षेत्रको शिक्षाको विकासमा पहल गर्ने बताउनुभयो । सबै सरोकारवालाको सहयोगमा क्याम्पसको हरेक क्षेत्रको विकासमा आफू लागिपर्ने समेत प्रतिवद्धता व्यक्त गर्नुभयो । क्षेत्री विनयी त्रिवेणी गाउँपालिका अध्यक्षका प्रमुख राजनीतिक सल्लाहाकार समेत रहनुभएको छ ।
उहाँले भानुदय क्याम्पसको संस्थापक अध्यक्ष हाल पालिका अध्यक्ष, सस्थापक क्याम्पस चिप लाई सफल बनाउने समेत अग्रणी भूमिका निर्वाहा गर्नुभएको छ।
साथै भानुदय नमूना मा बिमा भौतिक तथा शैक्षिक गुणस्तर सुधारमा अध्यक्ष र बिधालय परिवारसग मिलेर शिक्षक अबिभाबक सघको सदस्य ,उपाध्यक्ष / अध्यक्ष को जिम्मेवारीमा रहि काधकाध मिलाएर बिधालयलाई सफल बनाउन अहम भुमिका खेल्नु भएकाे छ।
अनुशासन र आर्थिक मितब्यतिता अनियमितताको बिरोधी , सबैलाई समान देख्ने र सहजीकरण गर्नसक्ने विशेषताकै कारण उहाँ आवद्ध संस्था र उहाँको सफलता मानिन्छ । यसकारण पनि क्षेत्रीले राजनीतिक ,सामाजिक र व्यवसायीक रुपमा सफलता समेत प्राप्त गरिरहनु भएकाे छ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |