२०८० आश्विन ५, शुक्रबार
नेपालको मध्य भाग हीम श्रृङखलामा शीर भै दक्षिण पूर्व हुँदै बग्ने काली (कृष्ण )गण्डकी र महाभारत ले रुचाङ्गमा शीर भै उत्तर तर्फ बग्दै काली नदीमा समाहित हुने बौदी खोलाको सेरोफेरोलाई बौदीकाली भनेर चिनिन्छ । गण्डकी प्रदेशमा पर्ने यो बौदीकाली गाउँपालिकामा साविकका मिथुकरम, डेढगाउँ, रकुवा, रुचाङ्ग, नरम र जौवारी गा.वि.स. को वडा नं. १, २, ३ मिलि बनेको छ । पाल्पा जिल्लाबाट वि.स. २०३२ सालमा नवलपरासी जिल्लामा गाभिएको क्षेत्र हो ।जिल्लाको पहाडी क्षेत्रमा रहेको बौदीकाली गाउँपालिका अध्यक्ष दुर्गा बहादुर रानासंग ज्ञानु पंगेनीले गर्नुभएको कुराकानी ।
अहिले महामारीका रुपमा देखापरेको कोरोना भाइरस कोभिड– १९ को रोकथाम, नियन्त्रण र उपचारमा गाउँपालिकाले के पहल गरिरहेको छ ?
धन्यवाद प्रश्नको लागी । हामीले अघिल्लो पटकको महामारीलाई कुशलतापूर्वक व्यवस्थापन गर्यो । कोभिड १९ को यो दोश्रो लहरको महामारीवाट बौदीकालीवासीहरुलाई सुरक्षित राख्नको लागी गाउँपालिकाले अधिकतम प्रयास गरेको छ । रकुवा प्राथमिक स्वास्थ्य चौकीमा ५ शैया अक्सिजन सहित थप ३ वेड गरी ८ वेडको अस्थायी कोरोना अस्पताल स्थापना गरी चिकित्सक १, सिअहेव १, स्टाफ ३, कार्यालय सहयोग १ परिचालन गरिएको छ । थप अक्सिजनको लागि जिल्ला प्रशासन कार्यालय र अन्य सरकारी निकायहरुमा पत्राचार र समन्वय भईरहेको छ । १ वटा प्रति मिनेट ५ केजी अक्सिजन उत्पादन गर्ने विद्युतिय मेशिन कोभिड अस्पतालमा जडान गरिएको छ । थप एउटा मेशिन खरिदको लागी प्रक्रिया अगाडि बढाईएको छ । सर्वसाधारणको लागी कोभिड १९ सम्बन्धि समस्या समाधानको लागि जिम्मेवारी सहित स्वास्थ्यकर्मीहरु खटाईएको छ । कार्यालय प्रयोजनको लागि रहेको प्रयोगमा रहेको एउटा गाडीलाई एम्बुलेन्सको रुपमा परिणत गरि तयारी हालतमा राखिएको छ , भने डेढगाउँ विकास मञ्च संगको सहकार्यमा एउटा एम्बुलेन्स पनि उपलब्ध छ । सहकार्य गरिएको छ । आवश्यक परेमा थप सवारी साधनहरु समेत भाडामा प्रयोग गर्न सकिनेछ । प्रचार प्रसार र जनचेतना फैलाउने कार्य टोलटोलमा पुगेर गरिएको छ । सबै जनप्रतिनिधिहरु र कर्मचारीले क्षेत्रगत रुपमा नेतृत्व लिनुभएको छ । स्वाब कलेक्सन र जाँचलाई कार्यतालिका बनाई पुनः शुरु गरिएको छ । सम्बन्धित निकायहरुसंग निरन्तर समन्वय र संवाद भईराखेको छ । भने ६ वटै वडामा आईसोलेसन केन्द्र तयारी गरिदैछ ।
यहाँले गाउँपालिकाको नेतृत्व गर्नुभएको चार वर्षमा के कस्ता काम गर्न सक्नुभयो ?
हो शुरुको बर्ष हामीलाई शासकिय प्रवन्धहरुको बारेमा जानकारी लिनलाई नै भयो । दोश्रो बर्ष देखी हामीले द्रुतरुपमा विकासका कार्यहरु गरिएको छ । हाम्रो प्राथमिकतामा कृषी, पूर्वाधार विकास, पर्यटन र खानेपानीको क्षेत्रमा उल्लेख्य सुधारहरु गरियो । गाउँपालिकाको प्रशासकीय भवनको लागी ८ रोपनी जग्गा प्राप्ति गरिसक्यौ । सबै वडा कार्यालयहरुमा आफ्नै भवन बनाउने काम अघि बढिरहेको छ । गाउँपालिका चक्रपथको काम भै रहेको छ भने ६ वटा लिंक रोडहरुको स्तरोन्नतीको काम गरिएको छ । औद्योगिक ग्राम निर्माण गर्दै छौ, प्रक्रिया शुरु भै सकेको छ । १५ शैयाको सुविधासम्पन्न अस्पताल भवन निर्माणको लागि ठेक्का प्रक्रिया सँचालित छ । गाउँपालिकामा शान्ती सुरक्षा कायम गर्न गाउँपालिकाको मुकामको रुपमा रहको डेढगाउँको खहरे बजारमा सिसिटिभि जडान गरिएको छ । पहाडी क्षेत्रमा पनि यसरी सार्जजनिक ठाउँमा सिसिटिभी जडान गर्ने बौदीकाली गाउँपाकिला पहिलो हो ।
निर्वाचन अगाडि बाचा गरेका प्रतिबद्धताहरु कति पुरा भए ?
जनतासंग गरिएका सबै प्रतिबद्यताहरु पुरा भएको दावी त म गर्दिन तर, सबै जनप्रतिनिधिहरुको साथ र सहयोगले सकारात्मक रुपमा अगाडी बढ्न सकिएको छ । त्यसमाथी प्रशासनिक रुपमा समेत सहयोग पाएको छु । क्रमशः पुरा हुने चरणमा छन् भन्न सकिन्छ । बाटोघाटो , खानेपानी, विद्युत् यहाँको प्रमुख समस्या हो , निर्वाचनमा गरेका प्रमुख प्रतिबद्धताहरु पनि यिनै हुन् । जसलाई क्रमशः विकास गर्ने काम भईरहको छ ।
गाउँपालिकाले ‘समृद्ध गाउँपालिका’ निर्माणका लागि कस्ता दीर्घकालिन योजनाहरु अगाडि बढाएको छ ?
प्राकृतिक प्रकोप, कोभिड १९ लगायतका महामारी जस्ता विषम परिस्थितिवाट गाउँपालिकावासीहरु को रक्षा गर्ने कार्यलाई प्राथमिकता दिईएको छ । कृषी मुलश्च धनमः भन्ने मुलमन्त्रलाई दृष्टिगत गरी कृषि, तरकारी खेती, फलफूल खेती तथा पशुपालन मार्फत रोजगारी श्रृजना गरी गरिवी न्युनीकरणमा टेवा पुर्याउने कार्यक्रमहरु सँचालित छन । गाउँपालिकामा समावेश भई आधारभुत विकास पूर्वाधार न्यून रहेका वडाहरूमा विकासका विशेष कार्यक्रमहरू सञ्चालन गरी सवै वडाहरूलाई समानस्तरमा पुर्याउदै सवै बौदीकाली बासीहरुलाई समृद्ध बौदीकालीको गौरवशाली नागरिकको अनुभूति दिलाउने कुरा हाम्रो प्राथमिकतामा छ । भ्रष्ट्राचारः हामीलाई छैन स्वीकारको नीति अवलम्बन गरिएको छ । योजनाबद्ध प्रयास नै समृद्धि हासिल गर्ने माध्यम भएकोले एकीकृत र दीर्घकालिन विकासको निम्ति आवधिक पञ्चबर्षीय योजना तर्जुमा गरि कार्यान्वयन गरिएको छ । लैगिँक समानता र सामाजिक समावेशीकरण मार्फत सामाजिक न्यायः गाउँपालिकाको पर्यायलाई प्राथमिकताका साथ लागू गरिएको छ । यस्ता धेरै विषयहरु छन ।
समृद्ध गाउापालिका निर्माणमा संघ, प्रदेश सरकारबाट कत्तिको साथ र सहयोग पाउँनुभएको छ ?
हाम्रो कुराको कतै पनि सुनुवाई भएको छैन । संविधानले सहकार्य र समन्वयात्मक प्रयासको परिकल्पना गरेको छ तर अध्यक्ष ज्यू भन्नेहरु छन, संस्थागत कामको लागि असाध्यै कम सहयोग प्राप्त भएको महसुस गरेको छु । यसमा सबै तहले ध्यान दिनै पर्छ ।
गाउँपालिकाबाट प्रदान हुने सेवा प्रवाहलाई कसरी नागरिकमैत्री बनाउँनुभएको छ ?
हामीले विद्युतिय माध्यमको प्रयोगलाई प्रोत्साहन गरेका छौ । सबै वडा कार्यालयहरुवाटै अधिकतम सेवा प्रवाह हुने व्यवस्था गरिएको छ । गाउँगाउँमै गएर योजना सम्झौता र अभिमुखिकरणका कार्यहरु गरिएको छ । सामाजिक सञ्जालबाट समेत विभिन्न सुचना र जानकारी प्रदान गर्दै आएका छौँ ।
सुशासनका क्षेत्रमा के कस्ता कदमहरु चाल्नुभएको छ ?
हाम्रो प्रमुख नीति भनेको भष्ट्राचारः हामीलाई छैन स्वीकर भन्ने हो । यसमा हामी प्रतिबद्ध छौ । गत आथिक बर्ष र चालु आर्थिक बर्षमा कोभिडको कारणले सार्वजनिक सुनुवाई सँचालन गर्न सकिएको छैन । विद्युतिय माध्यमवाट भएपनि गर्ने तयारीमा छौ । जनताको सुचना पाउने हकलाई अभिबृद्धि गरिएको छ । जनगुनासाहरुको यथोचित र समयमा नै सम्बोधन गर्ने गरेको छु ।
र अन्त्यमा सोध्न छुटाएका र भन्न छुटेको केहि छन की ?
धन्यवाद तपाँईलाई, मेरा केही कुराहरु राख्न दिनुभयो । कर्मचारी अभावका कारणले कतिपय कार्यहरु सोचेजस्तो गर्न सकिएको छैन । हामीले गरेका प्रतिबद्धताहरु बर्सिएको छैन, त्यही बाटोमा हामी छौ । सम्पुर्णको साथ र सहयोगको अपेक्षा पनि गरेको छु ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |