• समाचार
  • मुख्य समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • आर्थिक तथा सामाजिक
  • वालवालिका
  • सामाजिक संजालबाट
  • कृषि तथा उद्योग
  • खेलकुद तथा मनोरञ्जन
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • मध्ये नेपाल
  • धर्म तथा संस्कृति
  • पर्यटन
  • प्रदेश
  • नवलपुर बिशेष
  • बिचार तथा विश्लेषण
  • बिज्ञान तथा प्रविधि
  • भिडियो ग्यालरी
  • कला तथा साहित्य
  • राजनैतिक
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • नवलपुर अनलाईन टि.भी.
२०८३ श्रावण ११, सोमबार
ट्रेडिङ
निर्वाचन विशेष फेरीदै पहाड साहित्य विनयी त्रिवेणी नवलपरासी नवलपुर पालिका विशेष निर्वाचन विषेश
  • गृह पृष्ठ
  • नवलपुर बिशेष
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर प्रश्चिम
  • अन्तरवार्ता
  • पर्यटन
  • राजनैतिक
  • मध्ये नेपाल
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

नवलपुरमा अचेत अवस्थामा भेटिएका दुई महिलाको मृत्यु

५ घण्टा अघि
२

राणाकालीन इतिहास र धार्मिक पर्यटनलाई जोड्दै चुरियामाई

५ घण्टा अघि
३

मुस्ताङ जाने पर्यटकलाई लोभ्याउँदै रुप्से झरना

५ घण्टा अघि
४

राम्चे पहिरोबाट ४२ परिवार उच्च जोखिममा

४ दिन अघि
५

दाह्रा काटेपछि ध्रुर्वे निकुञ्जभित्रै

६ दिन अघि
६

सार्वजनिक बिदा कटौती गर्ने सरकारको तयारी

६ दिन अघि
७

मध्यविन्दु प्रादेशिक अस्पतालमा आईसियु सेवा सुरु

१ हफ्ता अघि
८

आर्थिक वर्ष २०८३/८४ सुरु : लागु हुने छन्, यी व्यवस्था

१ हफ्ता अघि
९

गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै नवलपुरको जटायु रेष्टुरेन्ट

१ हफ्ता अघि
१०

नवलपुरमा आधुनिक सदरमुकाम निर्माण हुँदै

१ हफ्ता अघि
११

मध्यविन्दुमा ‘ पढाइसँगै संस्कार र आत्मविश्वास सिकाउँदै खुसी कक्षा’

२ हफ्ता अघि
१२

पुनः लयमा फर्किदै नवलपुर क्षेत्रका होटल व्यवसाय

२ हफ्ता अघि

धेरै पढिएका

१

भोली देखि सरर केबलकारमा मौलाकाली मन्दिर, यस्तो छ टिकट मूल्य

३ साल अघि
२

नवलपुरमा सवारी दुर्घटनामा परि एकजनाको मृत्यु

२ साल अघि
३

नवलपुर दुर्घटना अपडेट :मृतकको पहिचान खुल्यो, घाइतेहरूको विवरण सहित

४ साल अघि
४

असार १ देखि भदौ मसान्तसम्म कुनै पनि सडक खन्न नपाइने

३ साल अघि
५

नारायणी पुलबाट गाडी खस्यो

३ साल अघि
६

नवलपरासीमा पत्नी द्धारा पतिको हत्या

३ साल अघि
७

अक्सफोर्ड कलेजका चालकले गाँजा खाएर बस चलाउँदा टिकौली दुर्घटना

२ साल अघि
८

कावासोतीका अभिषेकको उपचारमा सहयोग गरिदिन परिवारको आग्रह

४ साल अघि
९

गायिका मोलिसाले कसिन लगनगाँठो

२ साल अघि
१०

नवलपुरमा यात्रुबस पल्टिँदा २९ जना घाइते (घाइतेको बिवरण सहित)

२ साल अघि
११

नारायणगढ –बुटवल सडक विस्तार : म्याद थपिएपछि को काम दशैँ लगतै

३ साल अघि
१२

नवलपुरमा पालिका र वडामा अहिलेसम्म को – को भए विजयी परिणाम हेर्नुहोस् ।

४ साल अघि

गाउँपालिका भित्रका प्रमुख समस्या पहिचान गरि समाधानमा जुटेका छौं : अध्यक्ष राना

ज्ञानु पंगेनी २३१८ पटक पढिएको प्रकाशित मिति: २०७८ जेष्ठ ५, बुधबार (५ साल अघि)

नेपालको मध्य भाग हीम श्रृङखलामा शीर भै दक्षिण पूर्व हुँदै बग्ने काली (कृष्ण )गण्डकी र महाभारत ले रुचाङ्गमा शीर भै उत्तर तर्फ बग्दै काली नदीमा समाहित हुने बौदी खोलाको सेरोफेरोलाई बौदीकाली भनेर चिनिन्छ । गण्डकी प्रदेशमा पर्ने यो बौदीकाली गाउँपालिकामा साविकका मिथुकरम, डेढगाउँ, रकुवा, रुचाङ्ग, नरम र जौवारी गा.वि.स. को वडा नं. १, २, ३ मिलि बनेको छ । पाल्पा जिल्लाबाट वि.स. २०३२ सालमा नवलपरासी जिल्लामा गाभिएको क्षेत्र हो ।जिल्लाको पहाडी क्षेत्रमा रहेको बौदीकाली गाउँपालिका अध्यक्ष दुर्गा बहादुर रानासंग ज्ञानु पंगेनीले गर्नुभएको कुराकानी ।

अहिले महामारीका रुपमा देखापरेको कोरोना भाइरस कोभिड– १९ को रोकथाम, नियन्त्रण र उपचारमा गाउँपालिकाले के पहल गरिरहेको छ ?
धन्यवाद प्रश्नको लागी । हामीले अघिल्लो पटकको महामारीलाई कुशलतापूर्वक व्यवस्थापन गर्यो । कोभिड १९ को यो दोश्रो लहरको महामारीवाट बौदीकालीवासीहरुलाई सुरक्षित राख्नको लागी गाउँपालिकाले अधिकतम प्रयास गरेको छ । रकुवा प्राथमिक स्वास्थ्य चौकीमा ५ शैया अक्सिजन सहित थप ३ वेड गरी ८ वेडको अस्थायी कोरोना अस्पताल स्थापना गरी चिकित्सक १, सिअहेव १, स्टाफ ३, कार्यालय सहयोग १ परिचालन गरिएको छ । थप अक्सिजनको लागि जिल्ला प्रशासन कार्यालय र अन्य सरकारी निकायहरुमा पत्राचार र समन्वय भईरहेको छ । १ वटा प्रति मिनेट ५ केजी अक्सिजन उत्पादन गर्ने विद्युतिय मेशिन कोभिड अस्पतालमा जडान गरिएको छ । थप एउटा मेशिन खरिदको लागी प्रक्रिया अगाडि बढाईएको छ । सर्वसाधारणको लागी कोभिड १९ सम्बन्धि समस्या समाधानको लागि जिम्मेवारी सहित स्वास्थ्यकर्मीहरु खटाईएको छ । कार्यालय प्रयोजनको लागि रहेको प्रयोगमा रहेको एउटा गाडीलाई एम्बुलेन्सको रुपमा परिणत गरि तयारी हालतमा राखिएको छ , भने डेढगाउँ विकास मञ्च संगको सहकार्यमा एउटा एम्बुलेन्स पनि उपलब्ध छ । सहकार्य गरिएको छ । आवश्यक परेमा थप सवारी साधनहरु समेत भाडामा प्रयोग गर्न सकिनेछ । प्रचार प्रसार र जनचेतना फैलाउने कार्य टोलटोलमा पुगेर गरिएको छ । सबै जनप्रतिनिधिहरु र कर्मचारीले क्षेत्रगत रुपमा नेतृत्व लिनुभएको छ । स्वाब कलेक्सन र जाँचलाई कार्यतालिका बनाई पुनः शुरु गरिएको छ । सम्बन्धित निकायहरुसंग निरन्तर समन्वय र संवाद भईराखेको छ । भने ६ वटै वडामा आईसोलेसन केन्द्र तयारी गरिदैछ ।
यहाँले गाउँपालिकाको नेतृत्व गर्नुभएको चार वर्षमा के कस्ता काम गर्न सक्नुभयो ?
हो शुरुको बर्ष हामीलाई शासकिय प्रवन्धहरुको बारेमा जानकारी लिनलाई नै भयो । दोश्रो बर्ष देखी हामीले द्रुतरुपमा विकासका कार्यहरु गरिएको छ । हाम्रो प्राथमिकतामा कृषी, पूर्वाधार विकास, पर्यटन र खानेपानीको क्षेत्रमा उल्लेख्य सुधारहरु गरियो । गाउँपालिकाको प्रशासकीय भवनको लागी ८ रोपनी जग्गा प्राप्ति गरिसक्यौ । सबै वडा कार्यालयहरुमा आफ्नै भवन बनाउने काम अघि बढिरहेको छ । गाउँपालिका चक्रपथको काम भै रहेको छ भने ६ वटा लिंक रोडहरुको स्तरोन्नतीको काम गरिएको छ । औद्योगिक ग्राम निर्माण गर्दै छौ, प्रक्रिया शुरु भै सकेको छ । १५ शैयाको सुविधासम्पन्न अस्पताल भवन निर्माणको लागि ठेक्का प्रक्रिया सँचालित छ । गाउँपालिकामा शान्ती सुरक्षा कायम गर्न गाउँपालिकाको मुकामको रुपमा रहको डेढगाउँको खहरे बजारमा सिसिटिभि जडान गरिएको छ । पहाडी क्षेत्रमा पनि यसरी सार्जजनिक ठाउँमा सिसिटिभी जडान गर्ने बौदीकाली गाउँपाकिला पहिलो हो ।

निर्वाचन अगाडि बाचा गरेका प्रतिबद्धताहरु कति पुरा भए ?
जनतासंग गरिएका सबै प्रतिबद्यताहरु पुरा भएको दावी त म गर्दिन तर, सबै जनप्रतिनिधिहरुको साथ र सहयोगले सकारात्मक रुपमा अगाडी बढ्न सकिएको छ । त्यसमाथी प्रशासनिक रुपमा समेत सहयोग पाएको छु । क्रमशः पुरा हुने चरणमा छन् भन्न सकिन्छ । बाटोघाटो , खानेपानी, विद्युत् यहाँको प्रमुख समस्या हो , निर्वाचनमा गरेका प्रमुख प्रतिबद्धताहरु पनि यिनै हुन् । जसलाई क्रमशः विकास गर्ने काम भईरहको छ ।


गाउँपालिकाले ‘समृद्ध गाउँपालिका’ निर्माणका लागि कस्ता दीर्घकालिन योजनाहरु अगाडि बढाएको छ ?
प्राकृतिक प्रकोप, कोभिड १९ लगायतका महामारी जस्ता विषम परिस्थितिवाट गाउँपालिकावासीहरु को रक्षा गर्ने कार्यलाई प्राथमिकता दिईएको छ । कृषी मुलश्च धनमः भन्ने मुलमन्त्रलाई दृष्टिगत गरी कृषि, तरकारी खेती, फलफूल खेती तथा पशुपालन मार्फत रोजगारी श्रृजना गरी गरिवी न्युनीकरणमा टेवा पुर्याउने कार्यक्रमहरु सँचालित छन । गाउँपालिकामा समावेश भई आधारभुत विकास पूर्वाधार न्यून रहेका वडाहरूमा विकासका विशेष कार्यक्रमहरू सञ्चालन गरी सवै वडाहरूलाई समानस्तरमा पुर्याउदै सवै बौदीकाली बासीहरुलाई समृद्ध बौदीकालीको गौरवशाली नागरिकको अनुभूति दिलाउने कुरा हाम्रो प्राथमिकतामा छ । भ्रष्ट्राचारः हामीलाई छैन स्वीकारको नीति अवलम्बन गरिएको छ । योजनाबद्ध प्रयास नै समृद्धि हासिल गर्ने माध्यम भएकोले एकीकृत र दीर्घकालिन विकासको निम्ति आवधिक पञ्चबर्षीय योजना तर्जुमा गरि कार्यान्वयन गरिएको छ । लैगिँक समानता र सामाजिक समावेशीकरण मार्फत सामाजिक न्यायः गाउँपालिकाको पर्यायलाई प्राथमिकताका साथ लागू गरिएको छ । यस्ता धेरै विषयहरु छन ।
समृद्ध गाउापालिका निर्माणमा संघ, प्रदेश सरकारबाट कत्तिको साथ र सहयोग पाउँनुभएको छ ?
हाम्रो कुराको कतै पनि सुनुवाई भएको छैन । संविधानले सहकार्य र समन्वयात्मक प्रयासको परिकल्पना गरेको छ तर अध्यक्ष ज्यू भन्नेहरु छन, संस्थागत कामको लागि असाध्यै कम सहयोग प्राप्त भएको महसुस गरेको छु । यसमा सबै तहले ध्यान दिनै पर्छ ।
गाउँपालिकाबाट प्रदान हुने सेवा प्रवाहलाई कसरी नागरिकमैत्री बनाउँनुभएको छ ?
हामीले विद्युतिय माध्यमको प्रयोगलाई प्रोत्साहन गरेका छौ । सबै वडा कार्यालयहरुवाटै अधिकतम सेवा प्रवाह हुने व्यवस्था गरिएको छ । गाउँगाउँमै गएर योजना सम्झौता र अभिमुखिकरणका कार्यहरु गरिएको छ । सामाजिक सञ्जालबाट समेत विभिन्न सुचना र जानकारी प्रदान गर्दै आएका छौँ ।
सुशासनका क्षेत्रमा के कस्ता कदमहरु चाल्नुभएको छ ?
हाम्रो प्रमुख नीति भनेको भष्ट्राचारः हामीलाई छैन स्वीकर भन्ने हो । यसमा हामी प्रतिबद्ध छौ । गत आथिक बर्ष र चालु आर्थिक बर्षमा कोभिडको कारणले सार्वजनिक सुनुवाई सँचालन गर्न सकिएको छैन । विद्युतिय माध्यमवाट भएपनि गर्ने तयारीमा छौ । जनताको सुचना पाउने हकलाई अभिबृद्धि गरिएको छ । जनगुनासाहरुको यथोचित र समयमा नै सम्बोधन गर्ने गरेको छु ।
र अन्त्यमा सोध्न छुटाएका र भन्न छुटेको केहि छन की ?
धन्यवाद तपाँईलाई, मेरा केही कुराहरु राख्न दिनुभयो । कर्मचारी अभावका कारणले कतिपय कार्यहरु सोचेजस्तो गर्न सकिएको छैन । हामीले गरेका प्रतिबद्धताहरु बर्सिएको छैन, त्यही बाटोमा हामी छौ । सम्पुर्णको साथ र सहयोगको अपेक्षा पनि गरेको छु ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
४%३%१%
प्रतिक्रिया दिनुहोस
अन्तरवार्ता सम्बन्धि थप
  • नवलपुरमा अचेत अवस्थामा भेटिएका दुई महिलाको मृत्यु

  • राणाकालीन इतिहास र धार्मिक पर्यटनलाई जोड्दै चुरियामाई

  • मुस्ताङ जाने पर्यटकलाई लोभ्याउँदै रुप्से झरना

  • राम्चे पहिरोबाट ४२ परिवार उच्च जोखिममा

  • समाचार
  • १

    नवलपुरमा अचेत अवस्थामा भेटिएका दुई महिलाको मृत्यु
    ५ घण्टा अघि

  • २

    राणाकालीन इतिहास र धार्मिक पर्यटनलाई जोड्दै चुरियामाई
    ५ घण्टा अघि

  • ३

    मुस्ताङ जाने पर्यटकलाई लोभ्याउँदै रुप्से झरना
    ५ घण्टा अघि

  • ४

    राम्चे पहिरोबाट ४२ परिवार उच्च जोखिममा
    ४ दिन अघि

  • ५

    दाह्रा काटेपछि ध्रुर्वे निकुञ्जभित्रै
    ६ दिन अघि

  • ६

    सार्वजनिक बिदा कटौती गर्ने सरकारको तयारी
    ६ दिन अघि

  • ७

    मध्यविन्दु प्रादेशिक अस्पतालमा आईसियु सेवा सुरु
    १ हफ्ता अघि

  • ८

    आर्थिक वर्ष २०८३/८४ सुरु : लागु हुने छन्, यी व्यवस्था
    १ हफ्ता अघि

  • ९

    गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै नवलपुरको जटायु रेष्टुरेन्ट
    १ हफ्ता अघि

  • १०

    नवलपुरमा आधुनिक सदरमुकाम निर्माण हुँदै
    १ हफ्ता अघि

  • नवलपुर बिशेष
    १

    नवलपुरमा अचेत अवस्थामा भेटिएका दुई महिलाको मृत्यु

    नवलपुर प्रेस
    २

    राम्चे पहिरोबाट ४२ परिवार उच्च जोखिममा

    नवलपुर प्रेस
    ३

    मध्यविन्दु प्रादेशिक अस्पतालमा आईसियु सेवा सुरु

    नवलपुर प्रेस
    ४

    गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै नवलपुरको जटायु रेष्टुरेन्ट

    नवलपुर प्रेस
    ५

    नवलपुरमा आधुनिक सदरमुकाम निर्माण हुँदै

    नवलपुर प्रेस
    ६

    मध्यविन्दुमा ‘ पढाइसँगै संस्कार र आत्मविश्वास सिकाउँदै खुसी कक्षा’

    नवलपुर प्रेस
    ७

    पुनः लयमा फर्किदै नवलपुर क्षेत्रका होटल व्यवसाय

    नवलपुर प्रेस
    ८

    विषादीरहित तरकारी उत्पादन गर्दै बुलिङ्टारका किसान

    नवलपुर प्रेस

    फेसबुक

    कावासोती मिडिया हाउसद्वारा संचालित

    नवलपुर प्रेस डट कम

    कावासोती, नवलपुर

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८४५३२८६८८

    कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७

    सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९

    हाम्रो टीम

    संचालक तथा प्रबन्ध निर्देशक: दयाराम आचार्य
    सम्पादक: राजु घिमिरे
    समाचार प्रमुख:
    ब्यबस्थापक: ......
    सहायक सम्पादक: .......
    ग्राफिक डिजाईनर: .....
    कानूनी सल्लाहकार: .......
    बजार ब्यबस्थापक: ......
    प्रेस प्रतिनिधि: तारा पौडेल

    साईट मेनु

    • गृह पृष्ठ
    • प्रईभेसी/पोलिसी
    • बिज्ञापनको लागि
    • गोपनियता
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
    • धर्म तथा संस्कृति
    • अपराध गतिविधि
    • खोज तथा अनुसन्धान
    • खेलकुद तथा मनोरञ्जन
    • कृषि तथा उद्योग
    • विश्व/एन.आर.एन.
    • नवलपुर बिशेष
    • नवलपुर अनलाईन टि.भी.
    © २०७७ नवलपुर प्रेस मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution