• समाचार
  • मुख्य समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • आर्थिक तथा सामाजिक
  • वालवालिका
  • सामाजिक संजालबाट
  • कृषि तथा उद्योग
  • खेलकुद तथा मनोरञ्जन
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • मध्ये नेपाल
  • धर्म तथा संस्कृति
  • पर्यटन
  • प्रदेश
  • नवलपुर बिशेष
  • बिचार तथा विश्लेषण
  • बिज्ञान तथा प्रविधि
  • भिडियो ग्यालरी
  • कला तथा साहित्य
  • राजनैतिक
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • नवलपुर अनलाईन टि.भी.
२०८३ श्रावण ११, सोमबार
ट्रेडिङ
निर्वाचन विशेष फेरीदै पहाड साहित्य विनयी त्रिवेणी नवलपरासी नवलपुर पालिका विशेष निर्वाचन विषेश
  • गृह पृष्ठ
  • नवलपुर बिशेष
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर प्रश्चिम
  • अन्तरवार्ता
  • पर्यटन
  • राजनैतिक
  • मध्ये नेपाल
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

नवलपुरमा अचेत अवस्थामा भेटिएका दुई महिलाको मृत्यु

४ घण्टा अघि
२

राणाकालीन इतिहास र धार्मिक पर्यटनलाई जोड्दै चुरियामाई

४ घण्टा अघि
३

मुस्ताङ जाने पर्यटकलाई लोभ्याउँदै रुप्से झरना

४ घण्टा अघि
४

राम्चे पहिरोबाट ४२ परिवार उच्च जोखिममा

४ दिन अघि
५

दाह्रा काटेपछि ध्रुर्वे निकुञ्जभित्रै

६ दिन अघि
६

सार्वजनिक बिदा कटौती गर्ने सरकारको तयारी

६ दिन अघि
७

मध्यविन्दु प्रादेशिक अस्पतालमा आईसियु सेवा सुरु

१ हफ्ता अघि
८

आर्थिक वर्ष २०८३/८४ सुरु : लागु हुने छन्, यी व्यवस्था

१ हफ्ता अघि
९

गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै नवलपुरको जटायु रेष्टुरेन्ट

१ हफ्ता अघि
१०

नवलपुरमा आधुनिक सदरमुकाम निर्माण हुँदै

१ हफ्ता अघि
११

मध्यविन्दुमा ‘ पढाइसँगै संस्कार र आत्मविश्वास सिकाउँदै खुसी कक्षा’

२ हफ्ता अघि
१२

पुनः लयमा फर्किदै नवलपुर क्षेत्रका होटल व्यवसाय

२ हफ्ता अघि

धेरै पढिएका

१

भोली देखि सरर केबलकारमा मौलाकाली मन्दिर, यस्तो छ टिकट मूल्य

३ साल अघि
२

नवलपुरमा सवारी दुर्घटनामा परि एकजनाको मृत्यु

२ साल अघि
३

नवलपुर दुर्घटना अपडेट :मृतकको पहिचान खुल्यो, घाइतेहरूको विवरण सहित

४ साल अघि
४

असार १ देखि भदौ मसान्तसम्म कुनै पनि सडक खन्न नपाइने

३ साल अघि
५

नारायणी पुलबाट गाडी खस्यो

३ साल अघि
६

नवलपरासीमा पत्नी द्धारा पतिको हत्या

३ साल अघि
७

अक्सफोर्ड कलेजका चालकले गाँजा खाएर बस चलाउँदा टिकौली दुर्घटना

२ साल अघि
८

कावासोतीका अभिषेकको उपचारमा सहयोग गरिदिन परिवारको आग्रह

४ साल अघि
९

गायिका मोलिसाले कसिन लगनगाँठो

२ साल अघि
१०

नवलपुरमा यात्रुबस पल्टिँदा २९ जना घाइते (घाइतेको बिवरण सहित)

२ साल अघि
११

नारायणगढ –बुटवल सडक विस्तार : म्याद थपिएपछि को काम दशैँ लगतै

३ साल अघि
१२

नवलपुरमा पालिका र वडामा अहिलेसम्म को – को भए विजयी परिणाम हेर्नुहोस् ।

४ साल अघि

सन्दर्भ :अन्तराष्ट्रिय महिला दिवस- सन्देश र शुभकामना

१५४८ पटक पढिएको प्रकाशित मिति: २०७७ फागुन २४, सोमबार (५ साल अघि)

अन्तराष्ट्रिय महिला दिवस  मार्च ८ तारिख तदनुरुप फागुन २४ गते सदा झैं यसपटक पनि Choose to challenge अर्थात् चुनौति छनौट गरौं भन्ने विषयलाई केन्द्र बनाई विश्वभर लगायत नेपालमा समेत मनाईंदै छ । यसको अर्थ महिलाहरु आफ्नै सोंच र कार्यहरुका लागि जिम्मेवार छन् र उनीहरुले विश्वलाई दिन प्रतिदिन आफू पनि सक्षम भएको चुनौति दिन सक्छन् । सबैले महिलाका उपलब्धिहरुलाई कम आँकलन नगर्न र समानताका साथ बाँच्नको लागि संसारमा राम्रो स्थान बनाउन आवश्यक छ । यसैगरी यसवर्षको लागि संयुक्त राष्ट्र संघले अन्तर्राष्ट्रिय स्तरमा “Women in leadership: Achieving on equal future in a COVID- 19 world.” अर्थात अहिलेको कोभिड–१९ को विश्वमा महिला पुरुष दुवैले समान हुन महिला सशक्तिकरणका साथै नेतृत्वमा महिला हुनु जरुरी छ भन्ने दृष्टिकोण अघि सारेको छ । यसको अर्थ सबै महिला पुरुष बराबर छन् र सांसारिक सम्बन्ध राम्रो बनाउन दुवै मिलेर काम गर्नुपर्छ भन्ने नै हो ।
यसरी प्रत्येक वर्ष अन्तर्राष्ट्रिय महिला दिवस मनाउनुको अर्थ महिलालाई सांस्कृतिक, सामाजिक, राजनीतिक, आर्थिक र लैंगिक समानता प्राप्त गर्न सफल बनाउनु हो वा त्यस्ता अवस्था कायम गराउनु हो । संसारमा नारीवादी आन्दोलनको शुरुवात भएको दिनलाई अर्थात् मार्च ८ तारिखलाई नारी दिवस भनेर मनाउने प्रचलन छ । संसारमा नारीवादको इतिहास धेरै लामो छैन । यो १९ औं शताब्दी देखि मात्र शुरु भएको हो । प्रथम महिला अन्तर्राष्ट्रिय दिवस सन् १९११ देखि मनाउन थालेको पाइन्छ । तापनि संयुक्त राष्ट्रसंघले सन् १९७५ लाई अन्तर्राष्ट्रिय महिला वर्ष मनाई १९७७ देखि मात्र औपचारिक रुपमा अन्तर्राष्ट्रिय महिला दिवस (International women’s day) भनेर मनाउन शुरु गरेको हो ।
जे होस्, हाललाई नारीवाद के हो, नारी प्रतिको दृष्टिकोण संसारमा के कस्तो छ, पुरुषप्रधान साम्राज्य नै किन जस्ता आदि चर्चाहरु नारी दिवसको पूर्व सन्ध्यामा यस आलेखमा सन्दर्भ उठाउने जमर्को गरिएको छ ।
नारीवाद के हो ?
अंग्रेजी शब्द  Feminism (फेमिनिज्म्) को नेपाली रुपान्तरण नारीवाद भन्ने हुन्छ । समाजमा चिरकालदेखि प्रचलन रहेको लिङ्ग केन्द्रित पुरुष विचारधाराका साथै पितृसत्तात्मक धारणा र व्याख्याप्रति प्रश्नचिन्ह खडा गर्दै पुरुषद्वारा निर्धारित नारीको स्थान तथा परम्परागत मूल्य र विरोधको स्वरुपलाई नारीवाद भनिन्छ । यसरी नारीको हक, हित र समानताको पक्षधर मतलाई नारीवाद भनिन्छ ।
पाश्चात्य मुलुकमा नारीमुक्तिको संघर्ष लामै समयदेखि चल्दै आएको भएतापनि नारीवादी आन्दोलन र नारीवादी सिर्जनाको प्रयास सन् १९६० देखि मात्र भएको पाइन्छ । पाश्चात्य प्रसिद्ध दार्शनिक एरिस्टोटलले केही गुणको कमीका कारण नारी नारी भएको हो भन्दै नारीको कमजोरी समेत औंल्याएका छन् । सेन्ट् टमस एक्विनसले पनि नारीलाई अपूर्ण मानिस भनी नारीको खोट देखाएका छन् । फ्रायडले समेत नारीमा पाइने शिश्न ईश्र्या सोंच लगायतका शारीरिक बनोटगत अपूर्णताको परिणाम नारी हो भनेका छन् । यसरी संसारमा सबै दार्शनिक, चिन्तक, नेता, वैज्ञानिक, साहित्यकार सबै पुरुष भएका कारण नारीलाई अपमान गर्दै आएको कुरा नारीवादीहरुको आरोप छ । नारीवादीहरु नारीलाई प्रकृतिले ठगेको होइन कि सामाजिक व्यवस्थाले हीन तुल्याएको भनी आरोप लगाउँछन् ।
नारीमुक्ति आन्दोलनको इतिहास
पश्चिमी मुलुकहरुमा नारीमुक्ति आन्दोलनको शुरुवात अठारौं शताब्दीमा नै भएको पाइन्छ । सन् १७९२ मा सर्वप्रथम मेरी उलस्टोनक्य्राफ्ट्, सन् १८६९ मा मार्गरेट फुलर, सन् १९२० मा रिबेका बेस्ट् तथा भर्जिनिया उल्फ, सन् १९४९ मा साइमन ड बुभा जस्ता आदि महिला साहित्यकारहरुको योगदानबाट सशक्त बनेको पाइन्छ । खासगरी सन् १९७० पछि नारीवादी दृष्टिकोणलाई प्रख्यात महिला साहित्यकारहरुले साहित्यका माध्यमले फरक मोडमा पु¥याएको पाइन्छ । नारीवादी सोंचको विकास निम्न तीन चरणहरुमा भएको पाइन्छ ।
१. नारीजातीय चरण (Feminine stage) :यो सन् १८४० देखि १८८० को अवधिको चरण हो । यस चरणमा पितृसत्तात्मकताको विरोध नगरी भाले परम्परा र सौन्दर्यशास्त्रको अनुकरण गर्दै घरेलु तथा सामाजिक पृष्ठभूमिमा नारीको चित्रण गरिएको पाइन्छ ।
२. नारीवादी चरण (Feminist stage):सन् १८८० देखि १९२० सम्मको यस चरणमा नारीहरुले पितृसत्तात्मकताको विरोध गरी भाले मूल्यमान्यताको उपेक्षा गरिएको पाइन्छ ।
३. नारी चरण (Female stage) : सन् १९२० देखि हालसम्मको यस चरणमा नारीहरुले स्वायत्त नारी परिप्रेच्छको जोडदार वकालत गरेका छन् र आफ्नो पहिचानको खोजी गरेका छन् । साथै पितृसत्तात्मक सोंचका कमीकमजोरीको पर्दाफास गरी अन्तमा परिवर्तन गर्ने उद्धेश्य यस चरणमा राखेको पाइन्छ ।
नारी आन्दोलन किन ?
आज संसारमा अझै पनि नारीहरुलाई हेर्ने दृष्टिकोणमा खासै सुधार भएको पाईंदैन । संसारका विकसित देशहरुमा समेत नारीहरु दोस्रो दर्जाकै रुपमा रहेका छन् । अर्कोतिर नारीहरुले पनि आफूलाई अब्बल, सक्षम र पुरुष भन्दा के कम भनी प्रतिस्पर्धी बनाउन नसकिएको नै देखिन्छ । संसारका खासगरी मुस्लिम देशहरुमा अझैपनि नारीहरुलाई गरिने व्यवहार, राजनितिक हक, अधिकारको बाँडफाँड जस्ता कुराहरुमा विभेद नै गरेको पाइन्छ । महिलाले चुनावमा भोटसम्म हाल्ने अधिकारको लागि लडाईं लड्नु परिरहेको छ । आफू चुनावमा प्रतिस्पर्धी भएर राज्य संचालनमा सहभागी हुने त कहिले हो कहिले ? यतिसम्मकि नारीहरुले सवारी साधन चलाउने लाइसेन्स् समेत नपाइरहेको अवस्थामा भर्खरै साउदी अरबमा त्यो अधिकार दिइएको छ । सिनेमा हेर्ने, खेलकुदहरु हेर्ने, स्वतन्त्र घुमफिर गर्ने कुराहरु प्राप्त गर्न पनि आन्दोलन नै गर्नुपर्ने अवस्था छ । महिलाहरुप्रति हेर्ने दृष्टिकोण जबसम्म परिवर्तन हुँदैन, तबसम्म महिलाहरु यसरी नै पिडित भइरहनुपर्ने अवस्था एकातर्फ छ । यस्ता खाले दमन, अतिक्रमण र प्रभुवादी सोंचलाई परास्त गरी समान हक, अधिकार प्राप्त गरी नारी पनि पुरुष जत्तिकै बराबरी हुन् भन्नेकुरा सामाजिक, सांस्कृतिक, राजनीतिक तथा अन्य विभिन्न क्षेत्रहरुबाट पुष्ट्याईं गरी समान हक र समान पहुँचका लागि नारी आन्दोलन अझै अपरिहार्य देखिन्छ ।
नेपालमा नारीहरुको अवस्था
नेपालको सन्दर्भमा महिला हक, अधिकार र स्वतन्त्रताका कुराहरु प्राप्त गर्नपनि महिलालाई निकै आन्दोलन गर्नुपरेको इतिहास छ । महिलालाई दोस्रो दर्जाको नागरिक मानी घरको चुलो चौकोमा, बच्चाको स्याहार सुसारमा, अनुत्पादनशील कार्यमा, परिवारको सेवा सुषुश्रामा मात्र सिमित राख्ने अवस्थाबाट बिस्तारै मुक्ति पाउन थालेको संकेत देखापर्दैछ । यी लगायत महिला भएको कारण गर्भमै भु्रण नष्ट गर्ने, जन्मेपछि फरक दृष्टिले हेर्ने, किशोरी तथा बाल्यकालमा बलात्कार गर्ने, सानै उमेरमा बिहे गरिदिने, दाइजोका कारण मर्नुपर्ने, बंश परम्परा धान्न बच्चा जन्माउनुपर्ने, श्रीमान छउन्जेल श्रीमानको नियन्त्रणमा रही श्रीमान् मरेपछि छोराको नियन्त्रणमा रहनुपर्ने, प्रजनन् समस्याहरु बोकी बाँच्नुपर्ने र उचित उपचार नगर्ने, छाउपडी प्रथा मान्नुपर्ने, बुढेसकालमा बोक्सीको आरोप सहनुपर्ने जस्ता आदि अनगिन्ती समस्याहरु नेपालमा पनि छन् । जुन कुराहरु कोट्याइरहँदा यहाँ स्थान अभाव होला तर यति चाहिं भन्नैपर्ने हुन्छ कि नेपालमा महिलाहरुले अन्य देशको तुलनामा अलि बढी राजनीतिक अधिकार प्राप्त गरिसकेका छन् । तर यहाँ भन्न खोजिएको कुरा यस्तो अधिकार त्यत्तिकै प्राप्त भएको होइन कि यसमा ठूलो लडाईं गरेर, आन्दोलन गरेर, अनसन बसेर, आत्मदाह गरेर ल्याइएका अधिकार हुन् । नेपालमा हाल महिलालाई हरेक निकायहरुमा आरक्षणको व्यवस्था, संविधानमा राजनीतिकरुपमा ३३ प्रतिशतको अधिकार, दक्षिण एशियामै पहिलो पटक पूर्णरुपले प्रजनन् वा गर्भपतनको अधिकार जस्ता निकै महत्वपूर्ण प्रगति हासिल गर्न नेपाली नारीहरु सफल भएका छन् । ती अधिकार प्राप्त भएकै कारण आज नेपालको राज्यसत्तामा महिलाहरुको तुलनात्मक रुपमा राम्रो उपस्थिति रहेको छ तर पर्याप्त छैन । नेपालमा एउटा नारीले राष्ट्रपतिकै कुर्सी समेत भेट्टाउनु नेपाली महिलाहरुको कम उपलब्धि हो भन्न चाहिं मिल्दैन ।
अन्तमा
महिलाले जन्मनासाथ पुरुष जत्तिकै प्राकृतिक अधिकार पाएका हुन्छन् तर पुरुषप्रधान राज्य भएका कारण महिलालाई दोस्रो नागरिक ठानी कृत्रिम विभेद शुरु हुन्छ र महिलाहरु स्वतः मारमा पर्छन् । निकै सहनशील, दयालु, मायालु र विवेकशील महिलाहरु आखिर पुरुषको षड्यन्त्रमा परिहाल्छन् र विभेदका शिकार हुन्छन् । प्रकृतिले महिलालाई पुरुषको दाँजोमा शारीरिक रुपमा केही कमजोर अवश्य बनाएको छ र महिनैपिच्छे हुने शारीरिक समस्या, प्रजनन्को जिम्मा, स्तनपान गराउनुपर्ने बाध्यता जस्ता आदि कारणले महिलालाई केही पछि पारेको छ । अन्यथा महिलामा पुरुषको जस्तो मानसिक क्षमता, सामाजिक सहभागिता र सृजनशीलता आदि अब्बल नै हुनेगर्दछ । शारीरिक संरचनागत समस्याको फाइदा उठाइ महिलालाई पुरुषले भेदभाव गर्नु र समान सहभागिता गराउन आनाकानी गर्नु केवल पुरुषको स्वार्थी भावना र पितृसत्तात्मक सोंचको मात्र उपज हो ।
अतः महिलाहरु कुनैपनि कुरामा पुरुष भन्दा कमजोर नहुने भएपछि बराबरी हक, अधिकार र दायित्वको लागि किन पुरुषसँग लडिरहनु पर्ने ? पुरुषले ती अधिकार दिए प्राप्त गर्ने र नदिए संघर्ष गर्नुपर्ने अवस्था किन ल्याउने ? संसारमा जब महिला र पुरुष मात्र दुई जाति छन् भने विवेकको आधारमा कोही ठूलो र कोही सानो हुनुपर्दैन । यसो गरिए प्राकृतिक असन्तुलन समेत हुनजान्छ । त्यसकारण महिला पुरुष दुवै बराबरी हुन्, लिङ्गकै आधारमा कोही पनि ठूलो र सानो हुने होइन, दुवैले समान हक र अधिकार पाउनुपर्छ भन्ने कुरामा सबैले हेक्का राख्नु आवश्यक छ । अझै महिलाले पूर्ण सशक्तिकरण र ५० प्रतिशत पुरुष सरह अधिकार नपाएसम्म आन्दोलनबाट विश्राम लिने अवस्था छैन । अथवा भनौं विभिन्न क्षेत्र, तह र तप्कामा लैंगिक समानता नभएसम्म नारी आन्दोलन पछि हट्नु पनि हुँदैन । यस्तो सोंचको विकासको लागि समेत नारी दिवस मनाउनु सान्दर्भिक छ । नारी दिवसको अवसरमा विश्वभरका सबै नारीहरुलाई शुभकामना ।

-लेखक मध्यविन्दु बहुमुखी क्याम्पस कावासोती नवलपुरका प्राध्यापक हुन्

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
नवलपुर अनलाईन टि.भी. सम्बन्धि थप
  • नवलपुरमा अचेत अवस्थामा भेटिएका दुई महिलाको मृत्यु

  • राणाकालीन इतिहास र धार्मिक पर्यटनलाई जोड्दै चुरियामाई

  • मुस्ताङ जाने पर्यटकलाई लोभ्याउँदै रुप्से झरना

  • राम्चे पहिरोबाट ४२ परिवार उच्च जोखिममा

  • समाचार
  • १

    नवलपुरमा अचेत अवस्थामा भेटिएका दुई महिलाको मृत्यु
    ४ घण्टा अघि

  • २

    राणाकालीन इतिहास र धार्मिक पर्यटनलाई जोड्दै चुरियामाई
    ४ घण्टा अघि

  • ३

    मुस्ताङ जाने पर्यटकलाई लोभ्याउँदै रुप्से झरना
    ४ घण्टा अघि

  • ४

    राम्चे पहिरोबाट ४२ परिवार उच्च जोखिममा
    ४ दिन अघि

  • ५

    दाह्रा काटेपछि ध्रुर्वे निकुञ्जभित्रै
    ६ दिन अघि

  • ६

    सार्वजनिक बिदा कटौती गर्ने सरकारको तयारी
    ६ दिन अघि

  • ७

    मध्यविन्दु प्रादेशिक अस्पतालमा आईसियु सेवा सुरु
    १ हफ्ता अघि

  • ८

    आर्थिक वर्ष २०८३/८४ सुरु : लागु हुने छन्, यी व्यवस्था
    १ हफ्ता अघि

  • ९

    गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै नवलपुरको जटायु रेष्टुरेन्ट
    १ हफ्ता अघि

  • १०

    नवलपुरमा आधुनिक सदरमुकाम निर्माण हुँदै
    १ हफ्ता अघि

  • नवलपुर बिशेष
    १

    नवलपुरमा अचेत अवस्थामा भेटिएका दुई महिलाको मृत्यु

    नवलपुर प्रेस
    २

    राम्चे पहिरोबाट ४२ परिवार उच्च जोखिममा

    नवलपुर प्रेस
    ३

    मध्यविन्दु प्रादेशिक अस्पतालमा आईसियु सेवा सुरु

    नवलपुर प्रेस
    ४

    गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै नवलपुरको जटायु रेष्टुरेन्ट

    नवलपुर प्रेस
    ५

    नवलपुरमा आधुनिक सदरमुकाम निर्माण हुँदै

    नवलपुर प्रेस
    ६

    मध्यविन्दुमा ‘ पढाइसँगै संस्कार र आत्मविश्वास सिकाउँदै खुसी कक्षा’

    नवलपुर प्रेस
    ७

    पुनः लयमा फर्किदै नवलपुर क्षेत्रका होटल व्यवसाय

    नवलपुर प्रेस
    ८

    विषादीरहित तरकारी उत्पादन गर्दै बुलिङ्टारका किसान

    नवलपुर प्रेस

    फेसबुक

    कावासोती मिडिया हाउसद्वारा संचालित

    नवलपुर प्रेस डट कम

    कावासोती, नवलपुर

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८४५३२८६८८

    कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७

    सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९

    हाम्रो टीम

    संचालक तथा प्रबन्ध निर्देशक: दयाराम आचार्य
    सम्पादक: राजु घिमिरे
    समाचार प्रमुख:
    ब्यबस्थापक: ......
    सहायक सम्पादक: .......
    ग्राफिक डिजाईनर: .....
    कानूनी सल्लाहकार: .......
    बजार ब्यबस्थापक: ......
    प्रेस प्रतिनिधि: तारा पौडेल

    साईट मेनु

    • गृह पृष्ठ
    • प्रईभेसी/पोलिसी
    • बिज्ञापनको लागि
    • गोपनियता
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
    • धर्म तथा संस्कृति
    • अपराध गतिविधि
    • खोज तथा अनुसन्धान
    • खेलकुद तथा मनोरञ्जन
    • कृषि तथा उद्योग
    • विश्व/एन.आर.एन.
    • नवलपुर बिशेष
    • नवलपुर अनलाईन टि.भी.
    © २०७७ नवलपुर प्रेस मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution