२०८० आश्विन १४, आईतबार
पोखरी । नवलपुरको हुप्सेकोट गाउँपालिका वडा नम्बर ५ पाङ्गे्रमा बिजुली बल्ने भएको छ । यहाँ रहेका ४४ घर सहित पाङ्गे्रघाटका १८ घरमा यही जेठ महिना भित्रमा बिजुली बल्ने भएको छ ।
गाउँमा बिजुली बाल्न यहाँका स्थानीय आफै श्रमदानमा खटिएका छन् । कुमसोत देखी करिब ४ किलिमिटरको दुरीमा रहेको पाङ्गे्रमा चाडै बिजुली बल्ने विद्युत प्राधिकरण कावासोती शाखाका प्रमुख मधुसुधन यादवले बताउनुभयो । कुमसोतबाट बालुवाडाँडा सम्म लाईन तान्ने र त्यहाबाट पाङ्गे्र लाइन तानेर बिजुली बाल्ने उहाँले बताउनुभयो । कावासोती नगरपालिकाको पहाडी क्षेत्रको रुपमा चिनिने वडा नम्बर १ बालुवा डाँडामा समेत चाडै बिजुली बल्ने उहाँले बताउनुभयो ।
पाङ्गे्रका थमनसिंह रानाले गाउँमा बिजुली बल्न लागेकोमा खुसी व्यक्त गर्नुभयो । बिजुली बाल्न विधुत तार तान्दै गर्नुभएका उहाँले तार तान्दा गाह्रो भएपनी उज्यालोमा बस्न पाउने खुसीले थकाई बिर्सेको सुनाउनुभयो ।
कावासोती वितरण केन्द्रका प्रमुख यादवका अनुसार हुप्सेकोटका सबै वडा, विनयी त्रिवेणीका पहाडी क्षेत्रका सबै वडा, मध्यविन्दुको १४ नम्बर वडा साथै गैंडाकोटको १८ नम्बर वडा लगाएतका क्षेत्रमा नयाँ विद्युत लाईन विस्तार हुने छ ।
यस्तै बुलिङटार गाउँपालिकाको वडा नम्बर १ र २ बाहेकका क्षेत्रमा समेत चाडै विद्युत विस्तार गरिने प्रमुख यादवले बताउनुभयो । जिल्लाका विद्युत नपुगेका धेरै जसो ठाउँमा चाडै विद्युत पुर्याइने उहाँले बताउनुभयो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |