२०८० आश्विन १२, शुक्रबार
दयाराम आचार्य ।
कावासोती । प्रहरीले बुधबार कावासोतीबाट ८ ओटा चोरीका मोटरसाईकल सम्बन्धीत मोटरसाईकल धनीलाई बुझाएको छ । नवलपुर प्रहरीले जिल्लाका बिभिन्न स्थानबाट नियन्त्रणमा लिएका चोरीका मोटरसाईकल मध्य ८ जना सम्बन्धीत बाईक धनीलाई बुधबार हस्तान्तरण गरेको हो । गएको पुस महिना यता मात्रै जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्व नवलपुरले ४४ वटा चोरीका मोटरसाईकल नियन्त्रणमा लिएको छ । जसमध्य बुधबार सम्ममा १० ओटा सम्बन्धीत मोटरसाईकल धनीलाई बुझाएको प्रहरी नायव उपरीक्षक दिलिप कुमार गिरीले बताउनुभयो । थप १५ ओटा मोटरसाईकल चाडै सम्बन्धीत धनीलाई बुझाउने तयारी गरिएको उहाँले बताउनुभयो ।
नवलपुरको पहाडी क्षेत्रबाट धेरै मात्रामा चोरीका मोटरसाईकल नियन्त्रणमा लिईएको छ । यस्तै रजह, कोल्हुवा, अरुणखोला क्षेत्रबाट चोरीका मोटरसाईकल नियन्त्रणमा लिईएको हो । यहाँ धेरै जसो काठमाण्डौं,नारायणगढ, बुटवल ,भैरहवाबाट चोरी भएका मोटरसाईकलहरु भेटिएका छन् । प्रहरीले अहिले चोरीका मोटरसाईकल धेरै आउने हुदा जाँचमा कडाई गरेको प्रहरी नायव उपरीक्षक गिरीले बताउनुभयो । प्रहरीको गस्तिटोलीले जाँचगर्ने क्रममा सबै कागजात नभएका मोटरसाईकललाई नियन्त्रणमा लिने गरेको र चोरीका भए सम्बन्धीत व्यक्ति प्रहरी कार्यालयमा नआउने गरेको उहाँको भनाई छ । त्यसपछी प्रहरीले यातायात व्यवस्था विभाग र सम्बन्धी मोटरसाईकल कम्पनीको सहायतामा मोटरसाईकलको धनीलाई खोज्ने काम गर्ने गरेको प्रहरी नायव उपरीक्षक गिरीले बताउनुभयो ।
भारतबाट चोरी गरि ल्याएर नम्बर प्लेट परिवर्तन गरेकाको भने तथ्याङ्कक भेटाउन गाह्रो हुने उहाँको भनाई छ ।
अर्घाखाँचीका नारन प्रसाद पाण्डेको गत चैत २३ गते बुटवलबाट मोटरसाईकल हराएको थियो । प्रहरील बुधबार मोटरसाईकल हस्तान्तरण गर्दै गर्दा खुसी मुद्रामा देखिनुभएका पाण्डेले प्रहरीको कामको प्रसंसा गर्नुभयो । ‘मलाई प्रहरी प्रति थप विश्वास बढेको छ, माया मारेको मोटरसाईकल पाउद धेरै खुसी लागेको छ’ पाण्डेले भन्नुभयो ।
गुल्मीका सागर सापकोटाको समेत गत असार ८ गते बुटवलबाटनै मोटरसाईकल हराएको थियो । मोटरसाईकल भेटिदा उहाँले नेपाल प्रहरीपनी आफ्नो काममा जिम्मेवार पूर्वक लागेकोभन्दै सुरक्षा निकायप्रति आफ्नो विश्वास थप बढेको बताउनुभयो ।
चोरीका मोटरसाईकल चलाउदा कुनै घटना घटिहाले सम्बन्धी व्यक्ति पक्राउ गर्न समस्या हुने भएपछी अहिले काजगात नभएका मोटरसाईकललाई नियन्त्रणमा लिने काम विशेष रुपमा गरेको प्रहरीले जनाएको छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |