२०८० आश्विन ५, शुक्रबार
काठमाडौं । ह्वाइटहाउस छोडेपछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिएका अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ पार्टी नखोल्ने घोषणा गरेका छन् ।
कन्जरभेटिम पोलिटिकल एक्सन कन्फ्रेन्स (सीपीएसी) कार्यक्रमलाई फ्लोरिडामा सम्बोधन गर्दै ट्रम्पले सो कुरा बताएका हुन् ।
ट्रम्पले नयाँ पार्टी खोल्ने अड्कलबाजी भइरहेको बेला उनले त्यसलाई गलत खबर भने । उनले भने, ‘नयाँ पार्टी बनाउँदा हाम्रो भोट बाँडिन्छ र हामीले कहिल्यै जित्न सक्दैनौं ।’
कार्यक्रममा उनले अमेरिकी नयाँ राष्ट्रपति जो बाइडनको पनि आलोचना गरे । बाइडन आएपछि ‘अमेरिका फर्स्ट’को नीति ‘अमेरिका लास्ट’मा पुगेको ट्रम्पले बताए ।
सीपीएसी कन्फ्रेन्स हरेक वर्ष हुने गर्दछ, जसमा अमेरिकाभरका रुढिवादी नेताहरुले भाग लिने गर्दछन् । फ्लोरिडामा आयोजित पछिल्लो कन्फ्रेन्सलाई टेक्सासबाट सिनेटर चुनिएका टेड क्रूज, ट्रम्पको छोरा ट्रम्प जुनियरले पनि सम्बोधन गरेका थिए ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |