२०८० मंसिर १६, शनिबार
काठमाडौं । धुर्मुस सुन्तली फाउण्डेसनले चितवनको भरतपुरमा निर्माण गरिरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा सर्वसाधारणले कुर्सीमा नाम लेखाउन पाउने भएका छन् ।
फाउण्डेसनले सोमबार पत्रकार सम्मेलन गर्दै ‘हाम्रो रंगशालामा मेरो कुर्सी’ नामक अभियानको थालनी गर्दै रंगशालाको प्यारापिटमा आफ्नो र आफ्नो परिवारको नाममा कुर्सी राख्न पाउने जानकारी दिएको छ ।
कसैले आफू वा आफ्नो परिवारका सदस्यको नाम कुनै कुर्सीमा लेखाउन चाहे फाउण्डेसनलाई १ लाख रुपैयाँ सहयोग गर्नुपर्नेछ ।
रंगशालामा ७ वटा प्रदेश र ७७ वटै जिल्लाको पहिचान झल्किने गरी छुट्टाछुट्टै कक्षहरु निर्माण गरिनेछ । ‘हाम्रो रंगशाला मेरो कुर्सी’ मा जोडिने दाताले आफ्नो जिल्ला अन्तर्गत रहेको सिट लिन सक्ने व्यवस्था फाउन्डेसनले बताएको छ ।
यस अभियानबारे विस्तृत जानकारी मोबाइल एप्स, फेसबुक र अन्य सञ्चार माध्यमबाट एक महिनाभित्र सार्वजनिक गरिने फाउण्डेसनले जनाएको छ ।
पछिल्लो समय रंगशाला निर्माणका लागि आर्थिक संकट बढ्दै जान थालेपछि पाउण्डेशनले यस अभियानको सुरुवात गरेको हो ।
फाउण्डेसनले यस अभियानबाट ३० हजारले कुर्सीमा नाम राख्ने र ३ अर्ब संकलन हुने अनुमान गरेको छ ।
भरतपुर नगरपालिकासंगको सहकार्यमा जनस्तरबाट रंगशाला निर्माण भइरहेको छ । २०७५ साल माघ १६ गते भरतपुर महानगर र फाउण्डेसनबीच सम्झौता भएपछि रंगशाला निर्माण अघि बढेको थियो ।
खर्च विवरण सार्वजनिक
गौतमवुद्ध रंगशाला निर्माणमा हालसम्म ४३ करोड ४८ लाख ६ हजार ३ सय ८२ रुपैंया २३ पैसा खर्च भएको छ । सोमबार सार्वजनिक विवरणअनुसार हालसम्म ३२ करोड ३० लाख २४ हजार ३ सय ५४ रुपैयाँ ८० पैसा मात्र आर्थिक संकलन भएको छ ।
रंगशाला निर्माण गर्दा हालसम्म ११ करोड १७ लाख ८२ हजार २७ रुपैयाँ ४३ पैसा ऋण रहेको फाउन्डेसनले जानकारी दिएको छ । फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेलले मैदानको काम ८५ प्रतिशत र प्याराफिट तर्फको काम ३० प्रतिशत सम्पन्न भएको बताएका छन ।
विस्तृत परियोजना प्रतिवेदनअनुसार रंगशाला निर्माणको कूल लागत ३ अर्ब ५५ करोड रुपैयाँ रहेको छ ।
अनलाईनखबर
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |