२०८० आश्विन ५, शुक्रबार
कावासोती । कावासोती नगरपालिकाका निबर्तमान प्रमुख प्रशासकीय अधिकृत यज्ञ पुरीलाई शुक्रबार एक कार्यक्रमकाबिच बिदाई गरिएको छ ।
कावासोती नगरपालिका प्रमुख चन्द्र कुमारी पुन , उपप्रमुख प्रेम शंकर मर्दनियाले फुलमाला , खादा लगाएर , मायाको चिनो पद्रान गरि पुरीलाई बिदाई गर्नुभएको हो । छोटो समयमा नै नगरको विकासका लागि अधिकृत पुरीले गर्नुभएको कामको प्रशंशा गर्दै कार्यक्रममा सहभागिहरुले जहाँ गएपनि कार्यसफलता मिलोस भन्ने कामना गर्नुभएको थियो ।
अधिकृत पुरी काठमाण्डौ सरुवा हुनुभएको छ । भने , कावासोतीमा नयाँ प्रमुख प्रशाशकीय अधिकृतका रुपमा रमेश घर्ती आउनुभएको छ । नवआगन्तुक अधिकृत घर्तीलाई पनि कार्यक्रममा स्वागत गरिएको थियो ।
कार्यक्रममा वडा अध्यक्षहरु , वडा सदस्यहरु , कर्मचारी लगायतको सहभागिता रहेको थियो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |