२०८० मंसिर २५, सोमबार
नवलपुर । नवलपुरको विनयी त्रिवेणी गाउँपालिकामा सर्पले डस्दा दुई जना बिरामी भएका छन् । विनयी त्रिवेणी –३, सर्दीमा बुटवल उप महानगरपालिका घर भई ठूली आमाको घर आएकी १३ वर्षीय सन्ध्या नेपालीलाई कुखुरा थुन्ने क्रममा सर्पले टोकेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेद बहादुर पौडेलले बताउनुभयो । राति ८ः३० बजेको समयमा उनलाई सर्पले टोकेको थियो ।
यस्तै गरि विनयी त्रिवेणी –२, धुसेरीमा केश बहादुर आलेका छोरा साढे दुई वर्षका भुवन आलेलाई भान्सा घरमा जानेक्रममा सर्पले टोकेर बिरामी भएका छन् । उनलाई राति ८ः३० बजेको समयमा सर्पले टोकेको प्रहरी नायव उपरीक्षक पौडेलले बताउनुभयो । दुवै जनाको मध्यविन्दु जिल्ला अस्पतालमा उपचार भइरहेको र अवस्था मध्यम रहेको उहाँले बताउनुभयो । स्वास्थ्य अवस्था सुधार उन्मुख हुँदै गएको उहाँको भनाई छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |