२०८० मंसिर २५, सोमबार
चितवन । चितवन निकुञ्जमा तस्करले दुई गैडा मारेका छन् । निकुञ्जको सौराहा सेक्टर अन्तर्गत चपरचुलीदेखि झण्डै साढे तीन किलोमिटर दक्षिणपूर्वको कोर क्षेत्रमा दुई पोथी गैडा मारेको अवस्थामा भेटिएको हो । चितवन निकुञ्जका सूचना अधिकारी रहेका सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीका अनुसार दुई पोथी गैडा अन्दाजी १८ र ६ बर्षका छन् ।
दुवै गैडाको खाग तस्करले लगेको तिवारीले बताउनुभयो । बिहिबार दिउसो १२ बजे गैडा मृत भेटिएपछि चितवन राष्ट्रिय निकुञ्जका कर्मचारीलाई खबर गरिएको थियो । अहिले निकुञ्जका प्राविधिकले गैडाको पोष्टमाटम गरिरहेका छन् ।
तस्करले एक सय मिटरमा दुईवटा अलग–अलग खाल्डोको धराप पारेर गैंडा मारी खाग लगेको पाइएको तिवारीले बताउनुभयो । गैंडा तिहारको मौका पारेर केही दिन अगाडि मारेको हुनसक्ने आशंका गरिएको छ ।
चितवन निकुञ्जमा पाइने ठूलो एकसिंगे गैंडा विश्वबाट लोप हुने अवस्थामा पुगेको दुर्लभ वन्यजन्तु हो । चितवन राष्ट्रिय निकुञ्जमा यो आर्थिक बर्षमा मात्रै विभिन्न कारणले आठ वटा गैडाको मृत्यु भएको छ । चितवन निकुञ्जमा ६९४ गैंडा रहेको तथ्यांक छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |