२०८० मंसिर २५, सोमबार
नवलपुर । नवलपुरको देवचुली नगरपालिका–९,मा आज बिहान भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुगेको छ । दुर्घटनामा परि गम्भिर घाइते नवलपुरको मध्यविन्दु नगरपालिका –२ मदनपुर बस्ने १८ वर्षिय चिरन अर्यालको उपचारका क्रममा पुनारो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्व नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलले बताउनुभयो ।
यसै गरि दुर्घटनामा परि घटना स्थलमै मृत्यु हुने अन्य ६ जना मध्य पाँच जनाको पहिचान खुलेको छ । प्रहरी नायव उपरीक्षक पौडेलका अनुसार मृत्युहुनेमा जिप चालक जिल्लाको बौदिकाली गाउँपालिका –६, माझडाँडा बस्ने छन बहादुर आले , सोही वडाको लाहपे बस्ने ५२ वर्षीय कुमारी राना, माझडाँडाकै ५६ वर्षीय टेकमान वानटक्की र बुलिङटार गाउँपालिका –४, चुलिबोझा बस्ने १२ वर्षीय करिश्मा ठाडा र सोही ठाउँ बस्ने अन्दाजी ४५ वर्षीय कमला वानटक्की रहेकाछन् । मृत्युहुने थप एक जनाको अझै पहिचान खुल्न नसकेको प्रहरी नायव उपरीक्षक पौडेलले बताउनुभयो । जिपमा सात जना सवार रहेकोमा सबैजनाको मृत्यु भएको हो ।
आज बिहान जिल्लाको पहाडी क्षेत्र बौदिकाली गाउँपालिकाबाट दलदलेका लागि छुटेको लु १ ज ३२७० नम्बरको यात्रु बाहक जिप देवचुली नगरपालिका स्थित भित्रिसडक खण्डमा आफै अनियन्त्रीत भएर दुर्घटनामा परेको थियो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |