२०८० मंसिर २५, सोमबार
देवचुली नगरपालिकामा अटो दुर्घटना भएकाे छ । अटाे दुर्घटना हुँदा ५ जना घाईते भएका छन् ।
शनिवार दिउँसाे करिब साढे १२ बजे देवचुली नगरपालिकाको वडा ६ किर्तिपुरको टोक्रे खोला नजिकै अटो दुर्घटना हुँदा अटोमा सवार पाँचजना घाईते भएको अस्थायी प्रहरी पाेष्ट दलदलेले जनाएकाे छ ।
किर्तिपुरबाट मुण्डे तर्फ आउदै गरेको ना २ ह ६४८० नम्बरको अटो आफै अनियन्त्रित भई सडकको दाहिने तर्फ पल्टिएको थियाे । प्रहरीका अनुसार दुर्घटनामा देवचुली ६ किर्तिपुरका अटो चालक कुल प्रसाद सिंजाली, लिलावती लुङ्गेली,पुष्पा लुङ्गेली,गनिसरा बाह्रघरे, जेनिसरा बाह्रघरे घाइते भएका हुन् ।
दुर्घटनामा घाइते भएका ४ जनाको अवस्था सामान्य रहेको र उनीहरूको देवचुली अस्पताल दलदलेमा उपचारका लागि पठाइएकाे प्रहरीले जनाएकाे छन् । दुर्घटनामा गम्भीर घाइते भएका जेनिसरा बाह्रघरेको टाउकोमा चोट लागेकाले थप उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुर रिफर गरिएको प्रहरीले जनाएको छ । हेर्नेपाटीबाट
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |