२०८० मंसिर २५, सोमबार
कावासोती । नवलपुरको हुप्सेकोट गाउँपालिकाका ५० घर विपन्न परिवारलाई विभिन्न बीउबीजन र कम्पोष्ट मल वितरण गरिएको छ ।
असल छिमेकी नेपाल पोखराको आयोजनामा आज हुप्सेकोट एक सुन्दरबस्ति र जुकेपानीमा बस्दै आएका वागखोराका पहिरो पीडित परिवारलाई बीउबीजन र कम्पोष्ट मल वितरण गरिएको हो । सुन्दरबस्तिका ३० घर र वागखोरका २० घर गरि ५० घर विपन्न परिवारलाई उक्त सामाग्री वितरण गरिएको हो ।
४५ केजी आलुको बीउ , लहरे बोडी , सुर्खानी , धनीया , करेला , टमाटरको बीउ र एक सय ५० केजी कम्पोष्ट मल गरि एक घरका लागि सात हजार ८ सय ३० रुपैयाँ मूल्य बराबरको बीउबीजन र कम्पोष्ट मल वितरण गरिएको असल छिमेकी नेपालका कार्यक्रम अधिकृत पुरन सोती मगरले बताउनुभयो । ५० घरपरिवारलाई गरि कूल तीन लाख ९१ हजार ५ सय रुपैँया बराबरको सामाग्री वितरण गरिएको कार्यक्रम अधिकृत मगरले बताउनुभयो । विपन्न परिवारको जीविकोपार्जनमा सहयोग पुगोस भन्ने उदेश्यले खाद्य सुरक्षा कार्यक्रम अन्तरगत सामाग्री प्रदान गरिएको कार्यक्रम अधिकृत मगरले जानकारी दिनुभयो ।
सुन्दरबस्तिमा गाउँपालिका अध्यक्ष लक्ष्मी पाण्डेको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । गाउँपालिका अध्यक्ष पाण्डेले आफ्नै गाउँमा बसेर आयआर्जन गर्न सकुन भन्ने उदेश्यले असल छिमेकी नेपालले बीउबीजन र कम्पोष्ट मल वितरण गरेको हुँदा उपलबध भएको सामाग्रीबाट उत्पादन गरेर सहि तरिकाले सदुपयोग गर्न आग्रह गर्नुभयो । उहाँले गाउँपालिकासंगको समन्वयमा सुन्दरबस्तिलाई छनौट गरिएकाले आफ्नै गाउँमा अर्गानीक तरकारी उत्पादन गरि प्रयोग गर्न आग्रह गर्दै बढी भएको बिक्री गरि आयआर्जनमा लाग्न अनुरोध गर्नुभयो ।
कार्यक्रममा हुप्सेकोट एकका अध्यक्ष प्रेम बहादुर घर्ती , टोल विकास संस्थाका अध्यक्ष कमल जागरी लगायतको उपस्थिती रहेको थियो ।
कालिका शुन्दरबस्ति समूहकी अध्यक्ष सीता पुरीको अध्यक्षतामा कार्यक्रम भएको थियो । अध्यक्ष पुरीले सुन्दरबस्तिलाई छनौट गरि आयआर्जनमा आफूहरुलाई जोडेकोमा गाउँपालिका र असल छिमेकी नेपाललाई धन्यावाद दिनुभयो ।
यसैगरी हुप्सेकोट एक जुकेपानीमा अस्थाई टहरामा बस्दै आएका जागखोरका २० घरपरिवारलाई पनि आजै बीउबीजन र कम्पोष्ट मल वितरण गरिएको हो । गाउँपालिका उपाध्यक्ष पूर्णसिंह रानामगरको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । सामाग्री वितरणपछि बोल्दै उपाध्यक्ष रानाले प्राप्त भएको बीउबीजनबाट कसरी राम्रो उत्पादन गर्न सकिन्छ त्यसै अनुसार काम गर्न आग्रह गर्नुभयो । अर्गानिक उत्पादनलाई प्रोत्सहन गर्न कम्पोष्ट मल वितरण गरेको भन्दै उहाँले असल घिमेकी नेपाललाई धन्यावाद दिनुभयो ।
असल छिमेकी नेपालले नवलपुरमा विपद न्यूनिकरण , शसक्तिकरण , जीपवकोपार्नको क्षेत्रमा काम गर्दै आइरहेको छ । संस्थाले युवाहरुलाई विभिन्न सीपमुलक तालिम समेत प्रदान गर्ने गरेको छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |