२०८० मंसिर २०, बुधबार
कावासोती । नवलपुरको नवलपुरको कावासोती १ बस्ने ३० वर्षीय सुजन श्रेष्ठलाई देवचुली ८ का २४ वर्षीय निशान सिँजाली मगरले ढुङ्गा प्रहार गरि घाईते बनाएका छन् ।
देवचुली – ११ पृथ्वीनगर स्थित भित्री सडक खण्डमा गएराति साढे नौ बजेको समयमा प्रदेश ३–००१– प ८०९५ नम्बरको मोटरसाइकलमा सवार रहेका श्रेष्ठलाई सिँजालीले पछाडिबाट ढुङ्गा प्रहार गर्दा टाउकोमा चोट लागेको छ । घाइतेको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । सिँजालीलाई अस्थाई प्रहरी पोष्ट दलदलेले राति नै घटना स्थलबाट गिरफ्तार गरेको छ । भने अर्का आरोपित ३० वर्षीय प्रेम गाहा फरार रहेका छन् । सिँजालीलाई इलाका प्रहरी कार्यालय रजहरमा राखिएको छ ।
पुरानो रिसिबीका कारण सिँजालीले ढुङ्गा प्रहार गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |