२०८० मंसिर २५, सोमबार
कावासोती । कावासोती नगरपालिकाले आज एक विज्ञप्ति जारी गर्दै प्लाष्टिकजन्य फूल गुच्छाको उत्पादन, आयात, बिक्री वितरण वा भण्डारण गर्न पूर्णरुपमा रोक लगाउने निर्णय गरेको जनाएको छ ।
कावासोती नगरपालिकाका नगर प्रमुख विष्णु प्रसाद भुसालद्वारा जारी विज्ञप्तिमा नेपालीहरूको महान चाड तिहार, छठ जस्ता पर्वहरूमा प्लाष्टिकजन्य फूलमाला तथा पटकाजन्य विस्फोटक पदार्थहरूको उत्पादन, आयात, बिक्री वितरण र भण्डारण नगर्न नगराउन अनुरोध गरिएकोछ ।
साथै प्लाष्टिकजन्य मालाले वातावरणीय प्रदूषण हुनका साथै मानव स्वास्थ्यमा समेत प्रतिकूल असर पार्ने भएकोले यस कावासोती नगरपालिका अन्तर्गत विभिन्न स्थानहरूमा सयपत्री, गोदावरी, मखमली लगायतका फूलहरू उत्पादन भइरहेको परिप्रेक्षमा प्राकृतिक रुपमा उत्पादन भएका उक्त फूलहरू एवं सो बाट बनेका मालाहरू मात्र प्रयोग गर्न समेत नगरवासीलाई अनुरोध गरिएको छ ।
विज्ञप्तिमा बजार अनुगमनका क्रममा नेपाल सरकारको निर्णय विपरित निषेधित कुनै कार्य गरेको पाइएमा कानून बमोजिम कारवाही प्रकृया अगाडि बढाइने समेत जनाईएको छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |