२०८० मंसिर २५, सोमबार
नवलपुर । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती नगरपालिका नौ वागडोरमा बाँझो जमिनमा व्यवसायिक फूल खेती गरिएको छ ।
वडा प्रबर्द्धन प्रतिष्ठान कार्यक्रम अन्तरगत यहाँ व्यवसायिक रुपमा सामूहिक सयपत्री फूल खेती गरिएको हो । तिहार पर्वलाई लक्षित गरि गरिएको फूल खेतीमा यतिबेला ढकमक्क फूल फुलेर तयार भएका छन् ।
कावासोती पशुपंक्षी कृषि फर्म मार्फत बाँझो जमिनमा तिन हजार पाँच सय सयपत्री फूलका बिरुवा रोपिएको थियो । अहिले तिहारसँगै विवाह , व्रतबन्ध पूजाआजा लगायतका कार्यका लागि पनि फूल ढकमक्क फूलेर तयारी अवस्थामा रहेको वडा प्रबर्द्धन प्रतिष्ठान कार्यक्रमका सचिव बाबुराम केसीले जानकारी दिनुभयो । १६ कठ्ठा जमिन भाडामा लिएर तिन कठ्ठामा पहिलो पटक सयपत्री फूल खेती गरिएको उहाँले बताउनुभयो ।
वडा प्रबर्द्धन प्रतिष्ठान कार्यक्रमका अध्यक्ष विष्णुप्रसाद पोखरेलका अनुसार पहिलो पटक व्यवसायिक रुपमा फूल खेती गरेको भएपनि यसबाट आम्दानी राम्रै हुने अपेक्षा गरिएको बताउनुभयो । फूल खेती गर्न ३० हजार लगानीमा लागेको उहाँले जानकारी दिनुभयो । ३५ सय फूलका बोटले करिब पाँच लाखको आम्दानी गर्ने अनुमान गरिएको उहाँ बताउनुहुन्छ । फूल खेतीबाट भएको आम्दानी खर्च कटाएर सामाजिक कार्यमा लगानी गर्ने वडा प्रबर्द्धन प्रतिष्ठान कार्यक्रमको लक्ष्य छ । प्रतिमाला एक सय ५० का दर बिक्रीवितरण गरिने समेत उहाँले बताउनुभएको छ ।
यस्तै कावासोतीका दुई जना शिक्षक मिलेर १० कठ्ठा जमिनमा पहिलो पटक सयपत्री फूल खेती गर्नुभएको छ । कावासोती पाँचका सुरजकुमार भुजेल र कावासोती १६ का तेजमान सिर्पालीले शिक्षण पेशासँगै व्यवसायिक पुष्प खेती गर्नुभएको हो । परम्परागतरूपमा गर्दै आइरहेको विभिन्न नगदेबालीका अलावा आधुनिक र व्यवसायिक रुपमा कृषिलाई रूपान्तरण गर्नका लागि फूल खेतीको सुरुवात गरिएको उहाँहरू बताउनुहुन्छ । नेपालीहरूको पर्व तिहारमा सयपत्री फूलको माग अत्याधिक हुने गर्दछ । स्वदेशी उत्पादनले धान्न नसकेर हरेक वर्ष छिमेकी देश भारतबाट लाखौँ रुपैयाँको फूल र मालाको आयात हुने गरेको छ । यो अवस्थालाई रोकथाम गर्नका लागि जिल्ला र कावासोती क्षेत्रभित्रका स्थानियलाई मध्यनजर गर्दै सयपत्री फूलको खेती गरिएको सिर्पालीले बताउनु भयो ।
नवलपुर जिल्लाका विभिन्न स्थानमा व्यक्तिगत , सामूहिक रुपमा युवाहरू मिलेर व्यावसायिक फूलखेती गरिरहेका छन् । यहाँ उत्पादन भएका फूल जिल्ला भित्र नै पूर्णरुपमा खपत हुने हुँदा यहाँका युवाहरु फूल खेतीतर्फ आकर्षित हुन थालेका छन् ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |