२०८० मंसिर २५, सोमबार
नवलपुर । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को बौदीकाली गाउँपालिकामा सञ्चालन गरिएको निशुल्क आँखा शिविरमा ६४ जनाको सफलतापूर्वक शल्यक्रिया गरिएको छ ।
शिविरमा मोतियाबिन्दु भएका ५६ जना र मासु पलाएको ८ जना गरि ६४ जनाको शल्यक्रिया गरिएको बौदीकाली –२ का वडाध्यक्ष श्यामसुन्दर श्रेष्ठले जानकारी दिनुभयो । शिविरमा ४ सय १९ जनाको आँखा परीक्षण गरिएको श्रेष्ठले बताउनुभयो ।
बौदीकाली–२ डेढगाउँ स्थित बालिघाट सामुदायिक स्वास्थ्य इकाईको भवनमा शुक्रबारदेखि आइतबार तीन दिन सम्म सञ्चालन गरिएको थियो ।
आँखा परिक्षण गर्नका लागि दुईतीन दिन लगाएर सदरमुकाम कावासोती , भरतपुर र पोखरा धाउनुपर्ने बाध्यतालाई मध्यनजर गर्दै गाउँमै शिविर सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष प्रकाश ओझाले बताउनुभयो । बौदीकाली गाउँपालिका जिल्लाको विकट पहाडी क्षेत्र भएकाले आँखामा विभिन्न समस्या देखिँदा समेत परिक्षण गराउन नसक्ने अवस्थामा रहेका यहाँका बासिन्दा शिविरबाट लाभान्वित बनेको अध्यक्ष ओझाले बताउनुभयो ।
नेपाल नेत्रज्योति संघ, भरतपुर आँखा अस्पताल चितवन र बौदीकाली गाउँपालिकाको सहकार्यमा आँखा शिविर सञ्चालन भएको थियो ।
शिविरको खटिएका आँखा रोग विशेषज्ञ स्वास्थ्यकर्मीलाई पालिकाले एक कार्यक्रमका बीच सोमबार सम्मान गरेको छ । औपचारिक कार्यक्रमका बीच सोमबार शिविरको समापन समेत गरिएको छ ।
बौदीकाली –२ का अध्यक्ष श्यामसुन्दर श्रेष्ठको अध्यक्षता तथा गाउँपालिकाका अध्यक्ष प्रकाश ओझाको प्रमुख आतिथ्यता , प्रमुख प्रशासकीय अधिकृत उज्ज्वलबहादुर बस्नेतको विशेष आतिथ्यतामा शिवरको समापन कार्यक्रम भएको हो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |