२०८० मंसिर २५, सोमबार
नवलपुर । कुमाल समुदायको संस्कृतिक पर्व माघे संक्रान्तीलाई पहिलो पटक राष्ट्रियरुपमा मनाइने भएको छ । पर्व चितवनको भरतपुर महानगपालिका स्थित गोलाघाटमा मनाइने नेपाल कुमाल समाज सुधार समितिले जनाएको छ । नेपाल कुमाल समाज सुधार समितिका केन्द्रीय अध्यक्ष विशाल कुमालका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहालको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिने छ । थारु , मगर समुदायले पनि यो पर्व विशेष महत्वका साथ मनाउने गर्दछ । यो पर्व सरकारको राजपत्रमा नै नाम उल्लेख छ तर कुमाल समुदायको मौलिक संस्कृतिले भरिएको सबैभन्दा ठूलो पर्व माघीलाई सरकारद्धारा सम्बोधन नभएको अध्यक्ष कुमालले बताउनु भयो । त्यसकारण प्रधानमन्त्रीलाई नै सहभागि गराएर पहिलो पटक राष्ट्रियरुपमा पर्व मनाउन लागेको हो । माघे सङ्क्रान्तिमा कुमाल समुदायको पहिचान उजागर गर्ने उदेशयका साथका विभिन्न साँस्कृतिक कार्यक्रमहरु रहने छ । कार्यक्रममा कुमाल समुदायको परम्परागत घर, नाच, मौलिक खाना, मौलिक भेषभूषा प्रदर्शन गरिनेछ । माघीलाई कुमालहरुको मौलिक संस्कृतिले भरिएको सबैभन्दा ठूलो पर्वको रूपमा लिइन्छ । यो पर्व माघी पर्वका रूपमा बडो उत्साहका साथ मनाइन्छ । यस समुदायमा मासको दाल र चामल मिसाइएको खिचडी खाने चलन छ । माघे सङ्क्रान्तिको अघिल्लो दिन अर्थात पुसको अन्तिम दिन घर–घरमा विभिन्न प्रकारका परिकारहरु बनाउने चलन छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |