२०८० मंसिर १४, बिहिबार
कावासोती – कावासोती नगरपालिका वडा नम्बर तीनले टोल विकास संस्थाका प्रतिनिधिहरूलाई सरसफाइका सामाग्री वितरण गरेको छ ।
वडा भित्र रहेका नौ वटा टोल विकास संस्थालाई सरसफाइका सामाग्री वितरण गरेको हो । टोल विकास संस्थाहरूले सरसफाइ गर्दा सामाग्री अभावका कारण फोहोर संकलन गर्ने कार्यक्रम समस्या हुने गरेको गुनासो आइरहेकाले वडाको बजेटबाट सामाग्री प्रदान गरिएको वडा अध्यक्ष डोरमान गिरीले बताउनुभयो । फोहोर संकलन गरि ओसारपसार गर्ने साधन एक थान , कुचो एक थान , हसिया पाँच थान , पञ्जा , साबेल , गैँची लगायतका सामाग्री प्रदान गरिएको अध्यक्ष गिरीले बताउनुभयो । प्रदान गरिएको सामाग्री टो विकास संस्थाका प्रतिनिधिसँग रहने र प्रतेक वर्ष रुजु गरिने गिरीले बताउनुभयो । टोल विकास संस्थाहरूले सरसफाइ कार्यलाई नियमित रुपमा सञ्चालन गर्न टेवा पुगोस् भन्नका लागि सामाग्री प्रदान गरिएको उहाँको भनाई छ ।
यस्तै वडाका तीन जना स्वयमसेविका लाई साइकल प्रदान गरिएको छ । भने नगर स्तरीय क्रिकेट खेलमा प्रथम हुने वडाका खेलाडीलाई सम्मान कार्यक्रम समेत भएको छ ।
वडा अध्यक्ष डोरमान गिरीको अध्यक्षतामा कार्यक्रम भएको थियो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |