२०८० मंसिर २५, सोमबार
नारायण शर्मा । काठमाण्डौ । नेपाल ब्याडमिण्टन संघको छैठौ केन्द्रिय अधिबेशनले रामजी बहादुर श्रेष्ठको अध्यक्षतामा ३० सदस्सीय कमिटि निर्बिरोध चयन गरेको छ ।
काठमाण्डौ नया बानेश्वरमा आज सम्पन्न अधिबेशनले लगातार दोश्रो कार्यकालकालागि श्रेष्ठलाई निर्बिरोध चयन गरेको हो । कमिटिको उपाध्यक्षहरुमा जि नारायणबहादुर क्षेत्री, चन्द्रशेखर लामा, उदयकुमार श्रेष्ठ,ध्रुब महर्जन,लबभक्त श्रेष्ठ,अनोज बस्नेत,मानबहानदुर श्रेष्ठ चुनिएका छन । त्यसैगरि महासचिवमा बिरेन्द्र श्रेष्ठ, उपमहासचिवमा नबिन बिक्रमशाह,कोषाध्यक्ष तिलक पाण्डे, सहकोषाध्यक्ष प्रकाश ढकाल चयन भएका छन । त्यसैगरि ४ जना सचिवमा समिर बहादुर सिंह, दिपक थापा,जगत खडका,राजुथापा चुनिएका छन । १९ जना केन्द्रीय सदस्यमा नारायण शर्मा (पूर्वी नवलपरासी), भरतमल्ल (चितवन),महेशमान श्रेष्ठ,मिनकुमार दाहाल, कुशल कुमार केसी, डम्बर थापा,महेश केशर खनाल, पुष्पधन शाक्य,नरेश कायस्थ, नारायण श्रेष्ठ, पुर्णभक्त चित्रकार,राजकुमार गुंरुंग लगायतका निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत अधिबक्ता मिलनध्वज शाहिले जानकारी दिए ।
अधिबेशनको उद्धघाटन एसियन ब्याडमिण्टन संघ अन्तरगत प्यारा चियर पर्सन किन्ले छिरिंगले गरेका थिए । उनले नया कार्यसमितिले नेपालमा ब्याडमिन्टनको खेललाई ब्यबस्थित र अन्तराष्ट्रिय जगतमा प्रतिस्पर्धि बनाउन काम गर्ने अपेक्षा राखेको सुनाए । छिरिंग भुटानवाट उद्धघाटनकालागि आएका हुन ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |