२०८० मंसिर २५, सोमबार
काठमाण्डाै ।अर्जेन्टिना तथा इन्टर मियामीका फरवार्ड लियोनल मेस्सीले आठौँ पटक पुरुष बालोन डी’ओर अवार्ड जितेका छन् ।
गएको वर्ष कतारमा भएको विश्व कपमा आफ्नो देशलाई उपाधि जिताउन मद्दत गरेका मेसीले फ्रान्सको पेरिसमा आयोजित समारोहमा अवार्ड जितेका बीबीसीले जनाएको छ ।
मेस्सीले म्यानचेस्टर सिटीका फरवार्ड एर्लिङ हालान्डलाई पछि पार्दै कीर्तिमानी बालोन डी’ओर अवार्ड जित्न सफल भएका हुन् ।
विश्व कपको फाइनलमा अर्जेन्टिनासँग पेनाल्टी सुटआउटमा ४–२ को हारमा ह्याट्रिक गर्ने फ्रान्सका फरवार्ड केलियन एमबाप्पे तेस्रो भए । बालोन डी’ओरमा वर्षको उत्कृष्ट फुटबलर चुन्न विश्वभरका एक सय पत्रकारहरूले मतदान गरेका थिए ।
मेस्सीले अब अरू खेलाडीभन्दा तीनवटा बढी बालोन डी’ओर अवार्ड जितेका छन् । उनीपछि क्रिस्टियानो रोनाल्डोले पाँच पटक बालोन डी’ओर जितेका छन् ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |