२०८० मंसिर २४, आईतबार
काठमाण्डौ । चितवनको भरतपुरमा प्रधानकार्यालय रहि काठमान्डौबाट समेत शैक्षिक परामर्श र सेवा प्रदान गर्दै आएको गोल्डेन इमिनेन्टले नेपाली विद्यार्थीहरुका स्पट एडमिसन तथा विशेष सेमिनार सम्पन्न गरेको छ ।
काठमान्डौको नयाँ बानेश्वर स्थित गोल्डेन इमिनेन्टको कार्यालयमा भएको स्पट एडमिसन तथा विशेष सेमिनारमा ३५० जना विद्यार्थीहरुले परामर्श लिएको गोल्डेन इमिनेन्टका सीइओ प्रकाश रिजालले बताउनुभयो । गोल्डेन इमिनेन्टको ब्यवस्थापन तथा दक्षिण कोरियाको Kyungsung University को आयोजनामा भएको कार्यक्रममा युनिर्भसीटीका डिन डा. HAK-SEON KIM सहायक डिन डा.SANDY तथा विश्वविद्यालयका म्यानेजर सोयोन किमको उपस्थिति रहेको थियो ।कार्यक्रममा विद्यार्थीहरुले Kyungsung University का बारेका खुलेर जिज्ञाशा राखेका थिए । यूनिर्भसीटीको कोर्ष, अध्ययन पश्चात रोजगारीको अवसर तथा विश्वविद्यालयले गर्ने सहयोगका बारेमा डिन डा. HAK-SEON KIM ले प्रष्ट पार्नुभएको थियो । सो अवसरमा वर्ष २०२४ को मार्च इन्टेकका लागि उच्च शिक्षा अध्ययन गर्न जाने विद्यार्थीहरुको पहिलो चरणको अन्र्तवार्ता समेत भएको गोल्डेन इमिनेन्टले जनाएको छ ।
विगत १० वर्षदेखि नेपाली विद्यार्थीहरुलाई दक्षिण कोरियामा अध्ययनका लागि पठाउदै आएको गोल्डेन इमिनेन्टले वर्ष २०२४ का लागि उच्च शिक्षा अध्ययनका लागि गोल्डेन इमिनेन्ट मार्फत कोरियाको Kyungsung University जाने विद्यार्थीहरुका लागि २ करोड (कोरिएन वन) बराबरको छात्रबृति प्रदान गर्न यसअघि नै सम्झौता भैसकेको छ । गोल्डेन इमिनेन्ट इन्टरनेशलबाट Global Business, Administration, Global IT Engineering, Global Mechanical, Design Engineering, Global Hospitality Management लगायतका विषय अध्ययन गर्न जाने विद्यार्थीहरुले छात्रवृति प्राप्त गर्न सक्नेछन् ।
विद्यार्थीहको शैक्षिक योग्यताको आधारमा विश्वविद्यालयले न्यूनतम ३० देखि शतप्रतिशत सम्म छात्रबृति प्रदान गर्न सक्ने गोल्डेन इमिनेन्ट इन्टरनेशलले जनाएको छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |