२०८० मंसिर १६, शनिबार
गैंडाकोट ।।हिमालदेव पंगेनी । शनिबार तेक्वान्दोका प्रशिक्षक तथा खेलाडीहरुको प्रवेश कार्यक्रम सम्पन्न भएको छ । नवलपुरको अरुणखोलामा नेपाल तेक्वान्दो संघ नवलपुरको आयोजनामा भएको सो कार्यक्रममा राष्ट्रिय तेक्वान्दो संघका जिल्ला अध्यक्ष सहित जिल्लाका १५ डोजाङ्का ३५० जना खेलाडीहरु नेपाल तेक्वान्दो संघमा प्रवेश गरेको जनाइएको छ । नेपाल तेक्वान्दो संघ नवलपुरका अध्यक्ष राजु भुसालको अध्यक्षता तथा गण्डकी प्रदेश तेक्वान्दो संघका अध्यक्ष जगन बहादुर गुरुङ्को प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा नेपाल तेक्वान्दो संघले मात्रै खेलाडीहरुको संरक्षण गर्न सक्ने भन्दै आफूहरु प्रवेश गरेको तेक्वान्दो प्रशिक्षक समेत रहनुभएका इन्द्र बहादुर राना मगरले बताउनुभयो । यसैबीच कार्यक्रममा प्रमुख अतिथि जगन बहादुर गुरुङ्ले नेपाल तेक्वान्दो संघले हजारौं खेलाडीहरुको संरक्षण र नयाँ खेलाडी उत्पादन गर्ने कुरामा विशेष जोड दिने बताउँदै संघले अन्तराष्ट्रिय मान्यता समेत प्राप्त गरेको बताउँदै नेपाल तेक्वान्दो संघमा आवद्ध खेलाडीहरुले मात्रै अफीसीयल खेलमा भाग लिन पाउने खुलासा गर्नुभयो । उहाँले खेलाडीहरुलाई अनुशासितपूर्वक खेल खेल्न र नेपाल तेक्वान्दो संघको मुल्य र मान्यतालाई आत्मसात गरी अगाडी बढ्न आग्रह समेत गर्नुभयो । त्यस्तै कार्यक्रममा नेपाल तेक्वान्दो संघ नवलपुरका अध्यक्ष राजु भुसालले यस संघमा आवद्ध भएका खेलाडीहरु अतिनै अनुशासित हुने भएकोले राष्ट्रिय, अन्तराष्ट्रिय प्रतिस्पर्धामा उपलब्धी हासील गरेको भन्दै अनुशासनले समग्र खेलाडीहरुलाई जीवनको लक्ष्य प्राप्त गर्न सहयोग गर्ने बताउनुभयो । सो कार्यक्रममा नेपाल तेक्वान्दो संघ गण्डकी प्रदेशका उपाध्यक्ष कमल प्रसाद पराजुली, नेपाल तेक्वान्दो संघ चितवन जिल्ला अध्यक्ष गोपाल श्रेष्ठ, नेपाल तेक्वान्दो संघ नवलपुरका सल्लाहकार डम्बर कुमारी गुरुङ्, संघका नवलपुर उपाध्यक्ष नविन गुरुङ्, हरिराम सापकोटा, सचिव साजन तामाङ् लगायतका अतिथी रहनुभएको थियो भने सो कार्यक्रमको सहजीकरण नेपाल तेक्वान्दो संघ कावासोती नगर समितिका सचिव सन्दिप महत्तोले गर्नुभएको थियो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |