२०८० मंसिर १४, बिहिबार
कावासोती । कावासोती नगरपालिकाको लगानीमा कावासोती –४ ,मा बाटो स्तरोन्नतिको काम अघि बढेको छ । कावासोती –४ ,को सिसौघारी प्रतिक्षालयदेखि रामजानकी टोल हुँदै पुल्चोक जाने बाटो र ,पुल्चोक हुँदै हुप्सेकोट सिमानासम्म बाटो स्तरोन्नतिको काम अघि बढेको वडा अध्यक्ष नारायण प्रसाद लोहनीले बताउनुभयो ।
दुई खण्डमा अघि बढ्नेका कामको कावासोती नगरपालिका नगर प्रमुख विष्णुप्रसाद भुसालले शुभारम्भ गर्नुभएको छ । चालु आवको पहिलो ठेक्काको रुपमा यस खण्डमा बाटो स्तरोन्नतिको काम अघि बढेको हो । नगर प्रमुख भुसालले बाटो स्तरोन्नति कार्यको शुभारम्भ गर्दै नगरका हरेक क्षेत्रको विकासमा पालिका लागि रहेको बताउनुभयो । हिजोको समयमा हसौरा क्षेत्र केरुङ्गे खोलाका कारण विकट मान्ने गरिएकोमा अहिले धेरै परिवर्तन भएको बताउँदै यस क्षेत्रमा विभिन्न विकासका काम अघि बढिरहेको बताउनुभयो ।
दुई खण्डमा क्रमश १ करोड बीस लाख र एक करोड १० लाखको ठेक्का खुलाएकोमा एउटा खण्ड ८२ लाख ,१८ हजार १२५ र अर्को खण्डमा ७४ लाख ८ हजार ३९४मा ठेक्का सम्झौता भएको कावासोती नगरपालिका इन्जिनिएर रञ्जित केसीले बताउनुभयो । एक खण्डमा प्रदेश सरकारको समेत लागत साझेदारी रहेको उहाँले बताउनुभयो । दुबै खण्ड चैत मसान्त भित्र सम्पन्न गर्ने गरि सम्झौता भएको हो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |