२०८० मंसिर २०, बुधबार
नवलपरासी । नवलपरासीबाट प्रहरीले नक्कली नोट र नोट बनाउन प्रयोग हुने सामानसहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा नवलपरासी पूर्वको बुलिङटार गाउँपालिका–६ ठिमुरे बस्ने ३० वर्षीय कृष्णबहादुर विक र तनहुँको ऋषिङ गाउँपालिका–३ दानश्री बस्ने २५ वर्षीय सुरज विक रहेको प्रहरीले जानकारी दिएको छ । बर्दघाट नगरपालिका–४ फलफूल चोकस्थित विनय रेष्टुरेन्टबाट नेपाली एक हजार दरको १३९ थान नक्कली नोट, नक्कली नोट बनाउन प्रयोग हुने सामानहरुसहित उनीहरु पक्राउ परेका हुन्।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरीले उनीहरू बसेको रेष्टुरेन्टको कोठामा तलासी गर्दा नक्कली नोट र नक्कली नोट बनाउन प्रयोग हुने स्ट्याम्प प्याड ३ थान, चम्किलो स्टिकर टेप ६ थान, ग्लु १० थान, मसी, ब्रस, फलामे स्केल, कैची लगायतका विभिन्न सामानसहित पक्राउ गरेको हो । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |