२०८० मंसिर २०, बुधबार
कावासाेती । स्वास्थ्यका लागी खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने मुल नारा साथ कावासोती -४, मा सन्चालन भईराखेको प्रथम कावासोती नगरस्तरीय क्रिकेट प्रतियोगीताको सेमिफाइनल समिकरण पूरा भएको छ ।
आज भएको पहीलो खेलमा कावासोती -८ लाई हराउँदै कावासोती -१६ सेमीफाईनल प्रवेश गरेको छ। कावासोती- १६, का कप्तान रुपेश गिरीले अलराउन्डिङ प्रदर्शन गर्दै म्यान अफ द म्याच हुनु भएको थियो ।
अर्को खेलमा आयाेजक कावासोती -४, ले कावासोती -११ लाई, २५ रनले हराउँदै सेमिफाइनलकाे खेल पक्का गरेको छ। टिमका ओपनर अमृत लोहनीले उत्कृष्ट ६७ रनको पारी खेल्दै म्यान अफ द म्याच घोषणा हुनु भयाे ।यस्तै सन्तोष सिलवालले २९ रन बनाउँदै१ बिकेट निकाल्दा कावासोती -४ का बलर विशाल डुम्रेले ३ विकेट निकाल्दा आयोजक टिमले सहज जित निकालेको थियो ।
यो सँगै प्रतियोगीताको सेमीफाईनल खेल्ने टिमहरुको टुङ्गो लागेको छ । जसमा कावासोती -३, र कावासोती- १६, को सेमीफाईनल खेल यही २४ गते बुधबार १२ बजे हुने भएको छ । दोस्रो सेमीफाईनल खेल २५ गते १२ बजे कावासोती -४, र कावासोती -१४, बिच कावासोती- ४ , स्थित नवदुर्गा क्रिकेट मैदानमा हुनेछ । प्रतीयोगिताको फाईनल खेल भने यही २७ गते ११ बजे सोही मैदानमा हुने खेल संयाेजक प्रशान्त चापागाईले बताउनु भयो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |