२०८० मंसिर २५, सोमबार
नवलपुर । नवलपरासी (बर्दघाटा सुस्तापूर्व) नवलपुरमा रहेको मध्यविन्दु जिल्ला अस्पतालको हालको स्वीकृत शय्या १५ शय्या हो । जिल्ला अस्पताललाई ५० शय्याको अस्पतालका रुपमा रुपान्तरणको तयारी गरिएको छ । पन्ध्र श्यैयाको अस्पताल भएपनि हाल ७२ शय्या संचालन गर्नुपर्ने बाध्यता रहेको छ ।
जिल्ला अस्पतालमा १५ शय्याको दरबन्दी रहेको र सोही जनशक्तिबाट मुस्किलले सेवा दिनुपर्ने बाध्यता रहेको मध्यविन्दु जिल्ला अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. जितेन्द्र कँडेलले बताउनुभयो । अस्पतालका बिरामीको चाँप धेरै रहेकाले सेवा थोरै जनशक्तिबाट सेवा दिन निक्कै कठिन रहेको उहाँको भनाई छ । ‘हामी १५ शय्याको दरबन्दीमा चलेका छौ, ५० शय्यामा स्तरोन्नति हुने क्रममा छ, तर अहिले पनि ७२ शय्या सञ्चालनमा छ’ मेडिकल सुपरिटेन्डेन्ट कँडेलले भन्नुभयो ‘ आवश्यक स्रोत र जनशक्ति नहुँदा सेवा दिन निक्कै मुस्किल भएको छ ।’
कँडेलका अनुसार १५ श्यैयाको अस्पतालको रुपमा स्वीकृत दरबन्दी ३१ जना रहेको छ । त्यस मध्य हाल जम्मा १४ जना मात्रै जनशक्ति रहेका छन्।
हाल स्वीकृत शय्याको जनशक्ति पुरा गरि अस्पतालाई कम्तिमा सय श्यैयाको अस्पतालको रुपमा सञ्चालन गर्ने गरि स्रोत र जनशक्ति आवश्यक रहेको उहाँको भनाई छ । अस्पतालमा ज्याल र अन्य कार्यक्रमका जनशक्तिको प्रयोग गरेर सेवा दिनुपर्ने अवस्था रहेको सुपरिटेन्डेन्ट डा. कँडेलले बताउनुभयो । अस्पतालको भौतिक संरचना देखि अन्य उपकरण, मानव जनशक्ति सबै कम रहेकाले तत्काल प्रदेशले यसको सुधारका लागि पहल गर्नुपर्ने उहाँको भनाई छ ।
डा. कँडेलका अनुसार जिल्ला अस्पतालमा विगत तीन वर्षको तथ्याङ्क हेर्ने हो भने विरामको चाँप उल्लेख्य बढेको छ । २०७७÷०७८ मा २२ हजार ३६१ जनाले सेवा लिएकोमा गत आर्थिक वर्षमा ९० हजार ७५६ जनाले सेवा लिएका छन् । यो गत वर्ष गण्डकी प्रदेशका अन्य जिल्लाका अस्पतालबाट प्रदान गरिएको सेवा संख्या मध्य सबैभन्दा धेरै हो । बिरामीको चाँप बढ्दै जाने तर स्रोत साधन थप्ने विषयमा भने पहल नहुँदा समस्या भएको उहाँको भनाई छ । प्रदेश सरकारले अन्य जिल्ला अस्पताल सरह हेरेर मात्रै मध्यविन्दु जिल्ला अस्पतालको विकास हुन नसक्ने उहाँको भनाई छ । ‘अन्य अस्पताल २०÷२५ वर्ष अघि देखि सञ्चालनमा छन्, अहिले तिनीहरू सरह गर्दा भरखर नयाँ अस्पतालले कसरी आफूलाई माथि उठाउने’ मेडिकल सुपरिटेन्डेन्ट डा. कँडेलले भन्नुभयो ‘ गण्डकी प्रदेश सरकारले यस अस्पताललाई अन्य सरह पुर्याउन सकारात्मक बिभेद गर्न आवश्यक छ ।’
मध्यविन्दु जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बालकृष्ण घिमिरेले अस्पताल कठिन अवस्थाबाट गुज्रिरहेको बताउनुहुन्छ । ‘२०७५ सालमा जिल्ला अस्पतालको रुपमा घोषण भएकोमा ५ वर्ष सम्म १५ शय्याको जनशक्ति पुरा हुन सकेन । बिरामीको चाँप बढ्दो छ , बाध्यताले शय्याहरु थप गनुपर्ने अवस्था छ, तर साधन स्रोत न्यून छ’ अध्यक्ष घिमिरेले भन्नुभयो ।
जनशक्ति कमी हुँदा समेत अस्पतालमा सुरु गरिएका विभिन्न सेवालाई जेनतेन निरन्तरता दिनुपर्ने अवस्था रहेको अध्यक्ष घिमिरे बताउनुभयो । अस्पताल प्रशासनको तर्फबाट सेवालाई प्रभावकारी बनाउन समन्वय भइरहेको भएपनि पूर्वाधारको कमी, जनशक्ति, प्रयोगशालाका लागि विभिन्न उपकरण लगायतको कमीले समस्या रहेको उहाँको भनाई छ । जिल्ला अस्पतालको विकासका लागि प्रदेश सरकारले विशेष ध्यान दिन आवश्यक रहेको उहाँको भनाई छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |