२०८० मंसिर २५, सोमबार
नवलपुर। माधव कुमार नेपालले नेतृत्व गरेकाे नेकपा एकिकृत समाजवादी पार्टी (नेकपा एस) नवलपुरका अध्यक्ष ,उपाध्यक्ष सहित धेरैले आफूहरु साे पार्टी परित्याग गरेको घाेषणा गरेका छन् ।
कम्युनिस्ट विचारधाराबाट भने विचलन नहुने जनाउँदै राजिनामा गरिएको छ। उक्त पार्टीमा रहेर जिल्लामा राजनीति गरेका मुख्य व्यक्तिकाे राजिनामाले जिल्लामा माधवकुमार नेपालकाे नेकपा एस पार्टी संकटमा परेको छ।
पार्टी केन्द्रीय कमिटी र प्रदेश कमिटीलाई गराइएको ध्यानाकर्षणमा कुनै छलफल र सुनुवाइ नभएको हुँदा पार्टीमा रहिरहने ओैचित्य समाप्त भएको सार्वजनिक भएको पत्रमा उल्लेख छ।
राजिनामा दिनेमा एसका जिल्ला अध्यक्ष झविलाल राना,उपाध्यक्ष प्रेमनारायण पाण्डे लगायत ३१ जना रहेकाछन् ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |